January 19, 2006

पडकास्टः दर्जनौं नेता तथा कार्यकर्ता गिरफ्तार

२०६२ माघ ६ गते बिहीबार
निरंकुश सरकारले दर्जनौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ। एमाले महासचिव माधव नेपालको घरमा बिहान खानतलासी गरिएको छ। शीर्ष नेताहरुलाई पक्राउ, नजरबन्द गरिएको छैन। मानवअधिकारवादी नेता कृष्ण पहाडी, नागरिक आन्दोलनका अगुवा डा देवेन्द्र राज पाण्डे, श्याम श्रेष्ठ गिरफ्तार छन्। यो पडकास्टमा केही शीर्ष नेताहरुको प्रतिक्रिया सुन्न सक्नुहुनेछ। यसलाई सुन्न यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

January 16, 2006

चक्रपथभित्र शान्तिपूर्ण जुलुस, सभामा समेत रोक

अधिकाशं नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

कर्फ्युको घेराभित्रबाट पहिलो पडकास्टः सुन्नलाई यहाँ क्लिक गर्नुस्। यसमा काठमाडौं र ललितपुरको चक्रपथ क्षेत्रभित्र कुनै पनि किसिमका धर्ना, जुलुस, सभा गर्न नपाइने भनी नेपाल टेलिभिजनबाट प्रसारित सूचना पनि सुन्न सकिन्छ।

२०६२ माघ ३ सोमबार
(820 pm NST) काठमाडौं र ललितपुरको चक्रपथभित्रका क्षेत्रमा भोलिदेखि अर्को सूचना जारी नभएसम्म शान्तिपूर्ण सभा र जुलुस गर्न समेत रोक लगाइएको समाचार भर्खरै नेपाल टेलिभिजनबाट प्रसारण भएको छ। यसअघि अनिश्चित कालका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लाग्ने सूचना पनि जारी गरिएको थियो। त्यसैगरी गृह मन्त्रालयले माघ ७ गते हुन लागेको सात दलको सभामा भाग नलिनु भनेर सूचना जारी गरेको थियो। (more…)

January 14, 2006

माअ‍ोवादीद्वारा थानकोटमा आक्रमण

२०६२ माघ १, शनिबार
अपडेट (1251 am NST) भित्र भिडियो अपलोड गरिएको छ। थानकोटमा ११ र दधिकोटमा ३ प्रहरीको मृत्यु भएको भनिएको छ। माअ‍ोवादीको आधिकारिक साइटले कृष्णसेन अनलाइनले भने दधिकोटमा १० प्रहरीको मृत्यु भएको दावी गरेको छ। दुवै द्वन्द्वरत पक्ष प्रोपागण्डामा व्यस्त छन्। त्यसैले स्वतन्त्र पुष्टि नभएसम्म उनीहरुको दावीको अर्थ रहँदैन।

अपडेट (930pm NST) थानकोटमा एक प्रहरी निरीक्षकसहित ११ जना प्रहरीको मृत्यु भएको पुष्टि भएको छ। थानकोट र दधिकोटबाहेक काठमाडौंका बौध्द, कीर्तिपुर, ललितपुरमा पनि शृङ्खलावध्द विस्फोट भएको समाचार छ। लोडसेडिङका कारण बत्ती निभेको बेला रेकर्ड गरिएको यो अर्को पडकास्ट सुन्नुस्।

अपडेट (715 NST) थानकोटमा कम्तीमा ६ जना प्रहरीको मृत्यु भएको घटनास्थलमा रहेका कान्तिपुर टेलिभिजनका संवाददाता दीपक भट्टराईले जनाएका छन्। अडियो सुन्नुस्।

ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने भन्ने नयाँ रणनीति बोकेका माअ‍ोवादीहरुले आज घाँटीमा आक्रमण गरेका छन्। तुलसी गिरीले ढाड भाँचिसक्यो भनेका माअ‍ोवादीहरुले काठमाडौँ प्रवेश गर्ने प्रमुख नाका थानकोटस्थित प्रहरी चौकीमा अहिले साँझ आक्रमण गरेका छन्। ईकान्तिपुरका अनुसार माअ‍ोवादीहरुले चेकपोस्टमा आक्रमण गर्नुअगाडि बम विस्फोट गराएका थिए। नेपालन्युजका अनुसार प्रहरीतर्फ केही हताहती भएको छ। नेपालन्युजले भक्तपुरको दधिकोटमा पनि माअ‍ोवादीहरुले अहिले साँझ आक्रमण गरेको जनाएको छ। (more…)

December 27, 2005

लोकतान्त्रिक आन्दोलनमा विदेशमा रहेका नेपालीको भूमिका

२०६२ पुस १२, मंगलबार
लोकतान्त्रिक आन्दोलनमा विदेशमा रहेका नेपालीहरुको पनि कम ठूलो भूमिका हुँदैन। नेपालमा ३०-४० हजार भेला भएर गर्ने प्रदर्शनले गर्न नसक्ने दबाब विदेशका ३००-४०० जनाको प्रदर्शनले गर्न सक्छ। नेपालका नेताहरुलाई पनि यो कुरा थाहा छ। विदेशका नेपालीहरुलाई पनि यो कुरा थाहा हुनसक्छ। कतिलाई भने आफ्नो शक्ति आफैलाई थाहा नभएको पनि हुनसक्छ। हामी नेपालमा बस्नेहरुले विदेशमा रहेका नेपालीहरुको गतिविधिका बारेमा धेरै कम जानकारी पाइरहेका छौँ। सबैभन्दा बढी प्रचार राष्ट्रसंघीय महासभाका क्रममा न्युयोर्कमा भएको प्रदर्शनको भएको थियो। तर, वासिङटन डीसीमा राजाको कदमको स्वागत गर्दै नेपालीहरुले गरेको प्रदर्शनलाई सगरमाथा टेलिभिजनको सहयोगमा नेपाल टेलिभिजनले ठूलो महत्त्वका साथ प्रसारण गरेको पनि हामीले हेरेका थियौं। यसबाहेक नेपालीहरुले विदेशमा लोकतान्त्रिक आन्दोलनको समर्थनमा गरेका कार्यक्रमहरुको त्यति प्रचार भएको मैले महसूस गरेको छैन। (more…)

December 22, 2005

पडकास्टः गिरीको प्रतिक्रियाले उब्जाएका प्रतिक्रिया

२०६२ पुस ६, बुधबार
उपाध्यक्ष तुलसी गिरीको हिजोको प्रतिक्रिया त सुन्नु नै भयो होला। त्यो प्रतिक्रियाको प्रतिक्रिया आज प्रतिबिम्बित भएको छ। तुलसी गिरीलाई एउटा कुरामा भने मान्नै पर्छ। नबोलेसम्म उनी बोल्दैनन्, बोलेपछि देशै हल्लन्छ। उनको प्रतिक्रियालाई लिएर प्रतिक्रिया व्यक्त गर्ने नेताहरुका बारेमा यो पडकास्ट सुन्न यहाँ क्लिक गर्नुस्।

December 20, 2005

दुई तिरको “अतिवाद”

२०६२ पुस ५ मंगलबार

नेपालको राजनीति स्पष्टसित दुई धारमा बाँडिएको छ र आज संयोगवश मैले दुवै धारका अतिवादको प्रतिनिधित्व गर्ने कुरा प्रत्यक्ष अनुभव गरेँ। पहिलो थियो उपाध्यक्ष तुलसी गिरीका यी भनाई। अनि अर्को थियो इन्टरनेटमा भेटिएको यो गीत।

सबैभन्दा पहिले पहिलो धारको प्रतिनिधित्व गर्ने तुलसी गिरीको कुरा गरौं। उनी माअ‍ोवादीलाई दमन नै गरेर सिध्याउनु पर्ने र राजाले अझै कठोर कदम चालेर सक्रिय शासन गर्नुपर्ने विचार राख्छन्। आज सूचना विभागमा आयोजित पत्रकार सम्मलेनमा उनले व्यक्त गरेको विचार राजावादीतर्फको अतिवादी खेमाको प्रतिनिधित्व गर्ने विचार हो। (more…)

December 3, 2005

एमाले कार्यालय जलाइदिने धम्की, कडा सुरक्षा

मण्डलेहरुको जुलुसले राजधानी तनावग्रस्त
२०६२ मंसिर १८ शनिबार

अडियो ब्लगः एमाले महासचिव माधव नेपालको प्रतिक्रिया सुन्न यहाँ क्लिक गर्नुहोला।

हिजो राजाको गाडी र युवराजको सवारीमा ढुंगा प्रहार भएको घटनाबाट क्रुध्द भई युवराज आज बिहान प्रहरी प्रधान कार्यालयमा गई प्रहरी प्रमुख श्यामभक्त थापा, सशस्त्र प्रहरीका प्रमुख सहवीर थापा र उपत्यका प्रहरी प्रमुख कृष्ण न्यौपानेलाई मारसँग हकारी डाङडुङ गरेको खबर छ। वास्तवमा हिजो प्रहरीले सुरक्षा दिन पूर्णतया असमर्थ भएको पनि साँचो हो। राजाको गाडीमा इतिहासमा अहिलेसम्म त्यस्तो आक्रमण भएको थिएन होला। (more…)

November 12, 2005

संगीत संसारः म्युजिकल पडकास्ट परीक्षण

आज शनिबारको दिन म्युजिकल पडकास्टको परीक्षण प्रसारण प्रस्तुत गरेको छु। यसलाई डाउनलोड नगरी सीधै सुन्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। यो शोका बारेमा आफ्ना सुझाव कमेन्टमा लेख्नुहोला। आफ्ना कविता, मुक्तक, अनुरोध सन्देश nepalipodcast@जीमेल.कम मा पठाउनु होला। यो अंकमा निकै गल्ती छन् मलाई थाहा छ। खासगरी कविता पढ्दा गल्ती भएको छ। तर यो परीक्षणमात्र हो। समाचार पडकास्ट त निकै झण्झटिलो ! अनि समय र मेहनत पनि निकै लाग्ने, बदलामा खासै केही नपाइने, उल्टो ब्लगलाई नै असर पर्ला जस्तो लागेपछि स्थगित गरेको हुँ।

November 10, 2005

सत्याग्रहः भिडियो र अडियो ब्लग

२०६२ कात्तिक २४, बिहीबार
त्यसो त हिजै यो ब्लग गर्नु पर्ने हो तर हिजो स्वास्थ्य ठीक नभएकोले र हिजैदेखि मेरो इन्टरनेट रातिमात्र चल्न थाल्ने भएकोले आज गरेको हुँ। हिजो भएको सत्याग्रहको भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। भिडियो ब्लगमा केही कविताहरु तपाईँ देख्न र सुन्न सक्नुहुन्छ।

पाँचवटा सिरी त्यसमाथि तुलसी गिरी
सत्याग्रहका बारेमा गरिएको अडियो ब्लग। यसमा दाहाल यज्ञनिधिको खाँडो जगाउने शैलीको पाँचवटा सिरी त्यसमाथि तुलसी गिरी कविता रमाइलो छ। त्यसैगरी नेत्रहीन गोविन्दप्रसाद आचार्यको कविता पनि तपाईँ सुन्न सक्नुहुन्छ। अडियो ब्लगलाई डाउनलोड नगरी सीधै सुन्न यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्न यहाँ क्लिक गरेर सेभ टार्गेट एज गर्नुस‌्।

November 2, 2005

नेपाली पडकास्ट परीक्षण प्रसारण IX

[अपडेट कात्तिक १७: घाँटी दुखेको महसूस भइरहेकोले पडकास्टको परीक्षण प्रसारण केही दिनका लागि स्थगित गर्ने विचार छ]
२०६२ कात्तिक १६ बुधबार
पडकास्टको नवौं परीक्षण अंक डाउनलोड नगरी सुन्न यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्नका लागि यहाँ क्लिक गरेर सेभ टार्गेट एज गर्नुहोला।
आजका प्रमुख समाचारमा
-आजदेखि नेपाल संवत् ११२६ नयाँ वर्ष सुरु, विभिन्न राजनीतिक दलका नेताद्वारा शुभकामना सन्देश, बसन्तपुरमा बृहत् सांस्कृतिक र्‍याली हुँदै
-पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा आफ्ना छोरालाई सकुशल मुक्त गर्न आग्रह
- लक्ष्मीपूजाको दिन भक्तपुरमा भीषण आगलागी
-आज गाईतिहार र म्हपूजा गरिँदै

November 1, 2005

नेपाली पडकास्ट परीक्षण प्रसारण VIII

२०६२ कात्तिक १५, मंगलबार
पडकास्टको आठौं परीक्षण अंक डाउनलोड नगरी सुन्नका लागि यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरी सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। आजको अंकमा रमाइलो लोकतान्त्रिक देउसी र भैलोको स्वाद पनि तपाईँले चाख्न पाउनु हुनेछ।
आजका प्रमुख समाचारमा
-पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोराको अपहरण
-सञ्चार नियन्त्रण अध्यादेशका बारेमा सर्वोच्चमा छलफल टुंगिएन, अर्को सुनुवाई तिहारपछि
-आज लक्ष्मीपूजा मनाइँदै
-देउसी र भैलो लोकतान्त्रिक तरिकाले मनाइयो
-संसद् पुनर्स्थापना भए मात्र राजासित वार्ता हुने कोइरालाको अडान
र,
कम निद्राले तपाईँलाई बनाउँछ मोटो र मूर्ख (more…)

October 30, 2005

नेपाली पडकास्ट परीक्षण प्रसारण VII

२०६२ कात्तिक १४ सोमबार
हिजो आइतबार एक दिनको विश्रामपछि आज पुनः पडकास्टको परीक्षण प्रसारण लिएर हाजिर भएको छु। पडकास्टको सातौं अंक अलि ठूलो साइजको फाइल बनेको छ। समय पनि झण्डै १७ मिनेट पुगेछ। पडकास्टलाई डाउनलोड नगरी सीधै सुन्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरेर सेभ टार्गेट एज गर्नुहोला।
आजका प्रमुख समाचारमा-
-निर्वाचित सरकार पनि राजा कै प्रत्यक्ष निगरानीमा रहने उपाध्यक्ष गिरीको भनाई, नागरिक समाज, दल र गैससले विदेशीको पैसा खाएको आरोप
-निरंकुश सत्ता धेरै नटिक्ने काँग्रेस सभापति कोइरालाको ठोकुवा
-सुन्दर शान्त नेपालको कामना गर्दै भक्तपुरमा हजारौं भेला भए
-सञ्चार अध्यादेशका सम्बन्धमा सर्वोच्चमा छलफल
-आज कुकुर तिहार मनाइँदै
र,
नेपालमा भएको आलु पार्टी (more…)

October 29, 2005

नेपाली पडकास्ट परीक्षण प्रसारण- VI

२०६२ कात्तिक १२, शनिबार
आजको पडकास्ट समाचार डाउनलोड नगरी सीधै सुन्ने भए यहाँ क्लिक गर्नुहोला। फाइल डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। प्रतिक्रिया लेख्न नभुल्नु होला। समालोचनात्मक प्रतिक्रिया पनि पाउने आशामा।
आजका प्रमुख समाचारमा
सात दलको आह्वानमा भएको उपत्यका बन्दमा ८४ जना गिरफ्तार
सञ्चार अध्यादेशको विरोधमा देशभर प्रदर्शन
कान्तिपुर एफएमबाट मध्यरातमा लुटिएका सामान फिर्ता गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
भारतीय विदेश नीतिका विशेषज्ञहरुसँग एमाले नेतृत्वको भेट
र,
कसरी दुःख पाए एक जर्मन अधवैंशेले आफूले पालेको बिरालोबाट
(more…)

October 28, 2005

नेपाली पडकास्ट परीक्षण प्रसारण- V

२०६२ कात्तिक ११, शुक्रबार
आजको पडकास्ट समाचार डाउनलोड नगरी सीधै सुन्ने भए यहाँ क्लिक गर्नुहोला। फाइल डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। हिजोको पडकास्टपछि प्राप्त प्रतिक्रिया त्यति उत्साहजनक रहेन। यदि दुई चार जनाले मात्रै सुनिरहनुभएको हो भने हाललाई यस्तो झण्झटिलो काम स्थगित गर्नुपर्छ कि के हो ? सुनिरहनु भएको छ भन्ने मात्र थाहा पाए पनि मेहनत ठाउँमा परेको रहेछ भन्ने हुन्थ्यो !
आजका प्रमुख समाचारमा
आज सात दलको आह्वानमा उपत्यका बन्द हुँदै, बन्दको प्रचार गर्नेहरु गिरफ्तार
कान्तिपुर एफएममाथि कुनै कारबाही अगाडि नबढाउन सरकारलाई सर्वोच्चको आदेश
दिनभर धर्ना बसे नागरिक समाज र नेता कान्तिपुर एफएम परिसरमा
सञ्चार अध्यादेशका विषयमा मानवअधिकार आयोगद्वारा सञ्चारमन्त्रीलाई स्पष्टिकरण माग
अमेरिकाले सैन्य र आर्थिक सहयोग नगर्ने
र,
आफ्नै प्रेमीलाई जेल पठाउने प्रेमिका (more…)

October 27, 2005

नेपाली पडकास्ट परीक्षण प‌्रसारण IV

२०६२ कात्तिक १० बिहीबार
पडकास्टका लागि भ्वाइस रेकर्ड गर्न सार्‍है गार्‍हो भइरहेको थियो। क्यामेराबाटै आवाज रेकर्ड गरिरहेको थिएँ। त्यसो गर्न झण्झट हुने हुनाले आज न्युरोड गएर एउटा माइक किनेर ल्याएँ। महँगो रहेछ राम्रो खालको माइक। ५०० रुपैया पर्‍यो। दसैंमा टीका थाप्दा पाएको दक्षिणा थियो, त्यही खर्च गरेँ।
आजको पडकास्ट डाउनलोड नगरी सीधै सुन्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोस्।
[आज यो पडकास्ट डाउनलोड नगरी सुन्न यहाँ नेपालमा अलि गार्‍हो भयो। तपाईँहरु कहाँ कस्तो सुनिन्छ, कमेन्टमा लेख्नुहोला। माथिको फाइलमा सुन्न समस्या हुनेले यहाँ क्लिक गर्नुहोला। शायद यसबाट समस्या समाधान होला कि !]
आजका प्रमुख समाचारमा

एमाले र माअ‍ोवादीबीच उच्चस्तरीय वार्ता, युध्दविराम छिट्टै भंग हुन सक्ने संभावना
सरकार र प्रेसको द्वन्द्व चरम सीमामा, सरकारले कान्तिपुर एफएम बन्द गराउने संकेत
जोखिम मोलेर राजसंस्थाले निर्वाचन गराउन नहुने सभामुखको विचार
निर्वाचन बहिस्कार गर्न मानवअधिकारवादी समूहहरुको आह्वान
र,
लिलाम हुँदैछ बेलायतको एक राजनीतिक पार्टी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.