लोकतान्त्रिक सिर्जना प्रदर्शनी
२०६२ माघ १७, सोमबार

लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चले आज पाटनको यलमाया केन्द्रमा लोकतान्त्रिक सिर्जना प्रदर्शनीको आयोजना गर्यो। भाषण र नाराबाजीभन्दा बेग्लै र केही हिसाबमा त त्योभन्दा सशक्त हुने गर्छ यसबाट निस्कने विरोधका आवाज र भाव। हिजो नयाँ बानेश्वरमा वाचन गरिएका केही कविता साँच्चिकै बन्दूकको गोलीभन्दा बढी असर पार्ने खालका थिए। प्रदर्शनीमा फोटो, कार्टुन, मूर्ति, चित्रकला आदि प्रदर्शन गरिएको थियो। त्यसैगरी लोकतान्त्रिक चलचित्रकर्मीहरुले बनाएको २० मिनेट लामो आवाज शीर्षकको चलचित्र पनि प्रदर्शन गरिएको थियो। भित्र हेर्नुस् प्रदर्शनीमा खिचिएका थप २१ फोटोहरु। (more…)





[भित्र केही नयाँ फोटो अपडेट गरिएका छन्। ]कुरा पुरानै हो। तर पनि तिहारको बेला अरु कुरा सुन्ने र लेख्ने मूड नभएको बेला सुन्दरीको विषय छान्न पुगेँ। 


आज इन्द्रचोकमा कालो अध्यादेश जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्यो। ठ्याक्कै त्यतिबेला ब्याट्री सकियो। तर झडप लामो समयसम्म भयो। त्यो झडपलाई मैले भिडियो ब्लगका रुपमा प्रस्तुत गरेको हुँ। यो भिडियोको साइज ठूलो भएकोले अपलोड गर्न निकै समस्या भयो। त्यसैले सजिलो उपायका रुपमा सेभफाइलमा होस्ट गरेको छु। 


