January 31, 2006

सुधारिएको “पञ्च”तन्त्रको कथाः मुसा दुलाबाहिर निस्के

२०६२ माघ १७, सोमबार

सूचनाः माथिको फोटो र भित्रको भिडियोमा तपाईँले मुसा नदेखी दुई खुट्टे पशु देख्नुभएको भए आँखाको उपचार गराउन लोकतन्त्रप्रेमी डाक्टरकहाँ सम्पर्क गर्न सूचित गरिन्छ।

एकादेशको मान्छे भनुँ भने मान्छे हैन, देउता हैन भने देउता हैन खालको प्राणीले थापेको चुनावी पासोलाई सफल बनाउन मुसाहरु दुला बाहिर निस्केको पहिलो पटक आज देख्न पाइयो। ‘बिरालो’ले “खाइदिन्छु है” भनी धम्क्याएका कारण मुसाहरुको लहरे जुलुस अगाडि-पछाडि ‘ब्वाँसा’हरुको सुरक्षा पनि देखिन्थ्यो। यस्तो जुलुस निकाल्नका लागि मुसाका नेताले राज्यको भकारीमा दुलो पारी कति अन्न निकाले होलान् हगि ? (more…)

January 30, 2006

लोकतान्त्रिक सिर्जना यात्रा

२०६२ माघ १६ आइतबार
भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला।

टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।



तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि दायाँ छेउमा रहेको पेपाल बटन वा चेकको प्रयोग गर्न सक्नुहुन्छ। चेक पठाउने ठेगानाका लागि मलाई ईमेल गर्नुहोला।

January 28, 2006

भिडियो ब्लगः नगर निर्वाचनका उम्मेदवारहरु

२०६२ माघ १६, आइतबार
बिना कामको व्यस्तताका कारण यो भिडियो ब्लग तयार पार्न त ढिला भयो नै, एडिट गरेर अनलाइनमा राख्न पनि कम्ति झण्झट भएन। यो भिडियो ब्लग हो- माघ १३ गते नेपाल बन्दको दिन नगर निर्वाचनको उम्मेदवारी दर्ता गराउनेहरुको सम्बन्धमा। यसमा मेयरका लागि मनोनयन दर्ता गराउने केही उम्मेदवारहरुसितको कुराकानी, मनोनयन दर्ता गर्न राष्ट्रिय सभागृहमा आएको भीड आदि हेर्न सकिन्छ। यसलाई सीधा हेर्न यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्नका लागि यहाँ राइट क्लिक गरेर सेभ टार्गेट एज गर्नुस् [24.8 mb, wmv format] युट्युबमा यो भिडियो हेर्न भित्र आउनुस्। (more…)

January 26, 2006

नेपालकी ‘राबडीदेवी’ ( E X C L U S I V E)

यस्ता छन् राजाले गराउने चुनावका उम्मेदवार
२०६२ माघ १३, बिहीबार
विहारमा लालूप्रसाद यादवले आफ्नी राजनीतिसम्बन्धी केही सम्बन्ध नभएकी निरक्षर पत्नी राबडीदेवीलाई मुख्यमन्त्री बनाएका थिए। नेपालको काठमाडौं महानगरपालिकाको निर्वाचनमा पनि आज झण्डै त्यस्तै शैलि दोहोरियो। माथिको फोटोमा देखिएकी राधा उपाध्याय हुन्। कामपा वडा नं ८ का वडाअध्यक्ष पदका एक मात्र उम्मेदवार अर्थात् निर्विरोध निर्वाचित वडाअध्यक्ष। उनी एक स्कूलमा कुचो लगाउने, पानी खुवाउने काम गर्दिरहिछिन्। त्यही स्कूलका प्रिन्सिपलले उनलाई उठ्न लगाएको रे। नउठे जागिर खोस्छु भने रे। त्यसैले उठेको रे। अब निर्विरोध हुनुभयो, वडामा के काम गर्नुहुन्छ त भनेर हामी पत्रकारहरुले सोध्दा उनले भनिन्, खै मलाई केही थाहा छैन। पढेको भए पो थाहा नहुनु। नजान्ने मान्छेलाई उठाएर के हुन्छ त ? उनीसित हामी पत्रकारहरुले गरेको कुराकानीको भिडियो हेर्ने भए भित्र आउनु होला। (more…)

January 25, 2006

न्युरोडको तनावको अन्तिम भिडियो ब्लग


निषेधाज्ञा हटाइएपछि हिजो न्युरोडमा भएको तनाव र भिडन्तको भिडियो ब्लग प्रस्तुत गर्ने क्रममा आज तेस्रो तथा अन्तिम अंश प्रस्तुत गर्दैछु। यो अंशमा पानीको फोहोरालाले लागेर एक प्रदर्शनकारी ढलेको दृश्य देख्न सकिन्छ। हिजोको प्रदर्शनका क्रममा दुई जना प्रदर्शनकारी पानीको फोहोराले लागेर बेहोस भएका थिए। हिजोको प्रदर्शनमा जति पानीको फोहोराले प्रहार गरे पनि प्रदर्शनकारीहरु पछि नहटेर झन्-झन् अगाडि बढेको, पछाडि फर्केर पानीको फोहोरा फर्काउने प्रहरीलाई नितम्बतिर इंगित गर्दै जिस्क्याएका दृश्य रमाइला थिए। तर क्यामेरामा जुमको सुविधा नभएकोले ती दृश्य प्रष्ट भने देखिएको छैन। सक्छस् भने गोली ठोक भन्दै छाती थापी उफ्रिएको दृश्य भने तपाईँ देख्नसक्नुहुन्छ। भिडियो हेर्नका लागि भित्र आउनुहोला। (more…)

January 24, 2006

निषेधाज्ञा हटाइएपछि न्युरोडमा तनाव

२०६२ माघ ११, मंगलबार
अपडेटः दोस्रो अंश पनि भित्र अपडेट भइसकेको छ। दोस्रो अंशमा मेरो क्यामेरामा पानीको फोहोरा लाग्दाको दृश्य पनि देखिन्छ।

अपडेटः आजको भिडन्तका E X C L U S I V E दृश्यहरु मध्ये पहिलो अंश भित्र राखिसकेको छु।

आजका मितिदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्रको निषेधाज्ञा हटाइएपछि भएको पहिलो प्रदर्शनका कारण न्युरोड क्षेत्र दिनभर तनावग्रस्त रह्यो। प्रहरीले आज प्रदर्शनकारी र सामान्य बटुवालाई समेत निर्ममतापूर्वक लाठी प्रहार गरेको देखिन्थ्यो भने ३ दमकल पानीको फोहोरा म हुँदासम्म छ्यापिएको थियो। पानीको फोहोरा छ्याप्ने क्रममा प्रहरीले हामी पत्रकारहरु भएको ठाउँमा समेत लक्षित गर्दा मेरो क्यामेरा र जीउ निथ्रुक्कै भयो भने च्यानल नेपालको एउटा क्यामेरा बिग्रियो। जति पानीको फोहोरा छ्याप्दा पनि प्रदर्शनकारीहरु त्यहाँबाट हटेका थिएनन्। यससम्बन्धी केही एक्सक्लुसिभ दृश्यहरु अहिले केही बेरपछि म सार्वजनिक गर्ने तयारीमा छु। कृपया प्रतीक्षा गर्नुहोला।
यसैबीच प्राप्त जानकारी अनुसार काठमाडौंमा मात्र हैन, धरान र पोखरामा पनि प्रिपेड मोबाइल सरकारले बन्द गराएको छ। (more…)

January 23, 2006

भिडियो ब्लगः माघ ८ को तनाव

हुनत यो भिडियो ब्लग मैले हिजै राख्ने विचार गरेको थिएँ। तर दिवंगत स्वर किन्नरी तारादेवीले गाए जस्तै “सोचेजस्तो हुन्न जीवन” जलस्रोतको दोस्रो धनी देश भनेर नाक फुलाएर के गर्नु, दिनहुँ लोडसेडिङको मार खेप्नु परेको छ। हिजो भिडियो तयार पार्दै थिएँ, बत्ती गयो। बिहानै बत्ती गएको छ, राति बत्ती गएको छ..! अनि रातभर मेरो वर्ल्डलिङ्कको इन्टरनेट पनि चलेन। हाम्रोतिर बत्ती आउँदा आईएसपीकोमा बत्ती जाने रहेछ। आईएसपीले त विद्युतको वैकल्पिक उपाय गर्नुपर्ने हो नि, त्यो पनि गरेको छैन। यो भिडियो ब्लग न्युरोड-बसन्तपुर क्षेत्रमा माघ ८ गते भएको तनावको हो। यसको पहिलो अंश हेर्नभित्र आउनुहोला। (more…)

January 22, 2006

लोकतान्त्रिक स्रष्टामाथि प्रहरी दमन

(EXCLUSIVE Video Footage inside)
२०६२ माघ ८, शनिबार
ती बिचरा लोकतान्त्रिक स्रष्टाहरुले के त्यस्तो अपराध गरेका थिए र उनीहरुलाई त्यसरी दमन गर्दै गिरफ्तार गर्नुपर्थ्यो ? उनीहरु कवितामात्रै त भन्दै थिए। त्यहाँ केही उग्र प्रहरीहरुले स्रष्टाहरुमात्रै हैन, पत्रकारहरुलाई पनि दुर्व्यवहार गरे। पत्रकार टंक पन्त र प्रकाश सिलवाललाई भ्यानमा कोचे। साथी मणिले समेत एक लाठी खाएछ। देउडा गायक नन्दकृष्ण जोशी “हामी तपाईँहरु कै लागि संघर्ष गरिरहेका छौं” भनी प्रहरीलाई सम्झाउँदै थिए। कठालो समातेर भ्यानतिर तानिँदै गर्दा लोकतन्त्रवादी कवि अर्जुन पराजुली कराउँदै थिए- कुनै घरको भित्तो फोरिएन, कुनै बैंक लुटिएन, कुनै मूर्ति चोरिएन…स्रष्टाहरुमाथि लाठीसमेत बर्साइयो। भिडियो ब्लग हेर्न भित्र आउनुहोला। (more…)

January 21, 2006

काठमाडौंमा अकल्पनीय तनाव

(EXCLUSIVE Video Footage inside)
२०६२ माघ ८, शनिबार
अपडेटः सात दलले माघ १३ गते नेपाल बन्दको अ‍ौपचारिक घोषणा गरेका छन्। आज कर्फ्यु एक घण्टा घटाएर राति १० बजेदेखि गरिएको छ।
हिजोको शान्तिपूर्ण प्रदर्शनदेखि डराएर कर्फ्यु लगाउने निरंकुश सरकारले आज जनताको शक्ति देखिरहेको छ। काठमाडौं अकल्पनीय रुपमा तनावग्रस्त छ- विशेष गरी सात दलले सभा गर्ने भनेको स्थल बसन्तपुर र त्यस वरपर। बसन्तपुरलाई सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोली लागेर नियन्त्रण गर्न खोज्दा पनि असफल भइरहेको छ। त्यसैगरी न्युरोड, इन्द्रचोक, खिचापोखरी क्षेत्रहरु पनि तनावग्रस्त छन्। बसन्तपुरमा सयौं अश्रुग्यास प्रहार गर्दा पनि नियन्त्रणमा लिन सकिएको छैन। बसन्तपुरको अश्रुग्यासले जीवित देवी कुमारीको आँखामा पनि आँसु बगेको हुनुपर्छ। हामी पत्रकार लगायत सर्वसाधारणलाई त्यता जान दिइएको छैन। ठाउँठाउँमा प्रहरी-प्रदर्शनकारी भिडन्त भइरहेको छ। ६० कटिसकेका वृध्दाहरु सडकमा गणतन्त्रका नारा लगाउँदैछन्। मानवअधिकारवादी र पत्रकारहरुलाई पनि चुटिएको छ। त्यसको विरोधमा पत्रकार र मानवअधिकारवादीहरुले प्रहरीलाई घेरिरहेका छन्। टायर बालिएका छन्। ढुंगा हानेर प्रहरीलाई टाढाटाढासम्म खेदिएका छन्। म आफ्नो क्यामेराको मेमोरी कार्ड सकिएर मात्रै घर फर्केको हुँ। अझै पनि त्यहाँको स्थिति तनावपूर्ण नै छ। संयुक्त सुरक्षाफौजलाई त्यहाँको स्थिति नियन्त्रणमा लिन धौधौ भइरहेको छ। यससम्बन्धी केही EXCLUSIVE VIDEO FOOTAGE हरु राखेर म फेरि त्यहाँ जाने विचारमा छु। भिडियो हेर्न भित्र आउनुहोला। (more…)

भिडियो ब्लगः कर्फ्युले ल्याएको मूर्दा शान्ति

माघ ७ गते दिनभर लगाइएको कर्फ्युका कारण भएको मूर्दा शान्तिका बारेमा भिडियो ब्लगहरु यहाँभित्र राखिएका छन्। यससम्बन्धी कम्तिमा ३ वटा ब्लग यहाँ राख्ने योजना भए पनि अहिलेलाई 2 वटा मात्रै राखिएको छ। यो दोस्रो भिडियो ब्लगमा प्रहरीले कर्फ्युका बेला बाहिर निस्केकाहरु माथि कस्तो किसिमको कडा व्यवहार गरेका थिए, त्यो हेर्न सकिन्छ। बाँकी केही घण्टापछि थपिने छन्। पहिलो र दोस्रो भिडियो हेर्न भित्र आउनुहोला। बाँकी (more…)

January 20, 2006

निरंकुश सत्ताको कडा दमनका बावजुद प्रदर्शन

भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला। टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।


…त्यहाँ भेटिएका एक विद्यार्थी नेताले पाटनको कृष्ण मन्दिरमा ४ बजे कार्यक्रम छ रे भनेर सुनायो। त्यति जानकारी हामीलाई पर्याप्त थियो। तर जुलुस निस्कन्छ नै भन्ने ग्यारेण्टी भने थिएन। किनभने गगन थापा, रामकुमारी झाँक्री जस्ता सशक्त विद्यर्थी नेताहरु गिरफ्तार भइसकेका थिए। अनि अरु विद्यार्थी नेताहरु पनि भूमिगत भइसकेका थिए। चार घण्टामात्र सुतेको हुनाले एक त निद्रा नपुगेको, त्यसमाथि हिँडेर त्यत्रो बाटो जाँदा थाकेर लखतरान भइसकेको थिएँ म। अलि परतिर अरु विद्यार्थीहरु पनि भेटिए। यहाँ पनि अनेरास्ववियु कै आकस्मिक कार्यक्रम रहेछ। गिरफ्तारी नदिनू भन्ने निर्देशन रहेछ, त्यसैले बचेर छापामार शैलिमा कार्यक्रम गर्न लागेका रहेछन्। क्युरियो सामान बेच्ने स्थानमा उभिरहेका एक विद्यार्थी नेताले हामीलाई “सामान किन्न आउनु भएको हो ?” भनेर भने। बिस्तारै-बिस्तारै त्यहाँ विद्यार्थीहरु जम्मा भइरहेका थिए। तर सबै विद्यार्थी एकै ठाउँमा हैन, छुट्टाछुट्टै छरिएर बसेका थिए। इशाराबाट कुरा भइरहेको थियो। भिडियो खिच्दाको अनुभव पढ्न भित्र आउनुहोला। (more…)

January 19, 2006

छापामार शैलीमा अखिलको मसाल जुलुस



कृपया भिडियो ब्लग सुचारु गर्न सहयोग गर्नुहोस्।
निषेधाज्ञा लागू भएको दिन थियो अर्थात् माघ ४ गते। बिहानैदेखि निषेधाज्ञा ठाउँठाउँमा तोडिने क्रम जारी थियो र साथी मणी दाहालसँगै म निस्किएको थिएँ स्थिति बुझ्न। कान्तिपुर टेलिभिजनका दीपक भट्टराईले साढे दुई बजे नयाँ बानेश्वरमा कार्यक्रम छ भनेकोले त्यतैतर्फ लाग्यौं। हामी त्यहाँ पुग्दा आयोजकहरु भन्दा पनि पत्रकारहरुको भीड बढी थियो। साथी खिलाले हाँडीगाउँबाट नरहरि आचार्यहरुले गिरफ्तारी दिँदैछन् भन्ने सूचना दिए। तर तत्काल त्यहाँ पुग्न संभव थिएन। एकैछिन पछि त्यहाँ मोटरसाइकल र्‍याली निकाल्ने प्रयास हुँदाहुँदै गिरफ्तार गर्ने क्रम सुरु भइहाल्यो। यससम्बन्धी भिडियो ब्लग मैले यहाँ गरिसकेको छु। र्‍याली निकाल्नै नदिई गिरफ्तारी गरिएको थियो तर पुनः र्‍याली निकाल्ने कुरा थियो। एक जना कार्यकर्ताले हामीलाई सुटुक्क रत्नराज्य स्कूलबाट निस्कँदैछ भन्ने खबर दियो। त्यहाँ पुग्दा भने केही देखिएन। अनि बाध्य भएर हामी असनतर्फ लाग्यौं। त्यहाँ अर्को आकस्मिक रुपमा घोषणा गरिएको कार्यक्रम रहेछ। (more…)

January 17, 2006

भिडियो ब्लगः निषेधाज्ञाले रोक्न सकेन लोकतन्त्रका नारा

२०६२ माघ ४, मंगलबार
जनकपुरको विशाल सभाबाट आत्तिएको सरकारले काठमाडौंमा आगामी माघ ७ गते हुने भनिएको पूर्व निर्धारित शान्तिपूर्ण सभालाई रोक्न राति कर्फ्यु र दिनमा निषेधाज्ञाको घोषणा गरे पनि आज काठमाडौंमा लोकतन्त्र र राजाविरोधी नारा रोकिएनन्। आज म साढे दुई बजे नयाँ बानेश्वरमा सात दलको पूर्वघोषित मोटरसाइकल र्‍याली र एमाले अखिलले आकस्मिक रुपमा घोषणा गरेको असनबाट इन्द्रचोकसम्मको राँके जुलुसको कार्यक्रममा सहभागी भएँ। भिडियो ब्लगसहित थप विवरणका लागि भित्र आउनुस्। (more…)

January 14, 2006

भारतीय टेलिभिजनमा प्रचण्डको सम्बोधन

धेरै अगाडि माअ‍ोवादीले भर्खर जनयुध्द सुरु गर्दा माअ‍ोवादी अध्यक्ष प्रचण्ड भनी नेपाली टोपी लगाएको च्याँसे (रामपुर क्याम्पसमा पढ्ताताकाको होला शायद) फोटो पत्रपत्रिकाले खुब छापेका थिए। पछि गलबन्दी लगाएको गमक्क फुलेको अनुहार भएको तस्वीर सार्वजनिक भयो। यी दुवै फोटो श्यामश्वेत थिए। पछि सेनाले बरामद गर्दाको भनी प्रचण्डको रंगीन फोटो सार्वजनिक भयो, जसमा उनी झ्याप्प डाढी पालेका बूढा देखिएका थिए। केही अगाडिमात्र पनि पत्रपत्रिकामा कालो कोट लगाएको ह्याण्डसम देखिने नयाँ रुपको तस्वीर सार्वजनिक भएको थियो। उनलाई सार्वजनिक हुन निकै रहर जागेको हो कि प्रोपागण्डा वार तीव्र पारिएको हो, आज फेरि अर्को भिडियो नै हेर्न पाइएको छ- भारतीय टेलिभिजन च्यानल हेडलाइन्स टुडेमा। केवल टेलिभिजनका विभिन्न च्यानल रिमोटबाट चलाउँदै गर्दा अकस्मात् त्यो दृश्य देख्न पुगेको थिएँ। फेरि त्यही दृश्य अर्को समाचार बुलेटिनमा देखाउला नि भनेर तीन घण्टा कुरेर बसेपछि बल्ल हेर्न पाएँ। (more…)

माअ‍ोवादीद्वारा थानकोटमा आक्रमण

२०६२ माघ १, शनिबार
अपडेट (1251 am NST) भित्र भिडियो अपलोड गरिएको छ। थानकोटमा ११ र दधिकोटमा ३ प्रहरीको मृत्यु भएको भनिएको छ। माअ‍ोवादीको आधिकारिक साइटले कृष्णसेन अनलाइनले भने दधिकोटमा १० प्रहरीको मृत्यु भएको दावी गरेको छ। दुवै द्वन्द्वरत पक्ष प्रोपागण्डामा व्यस्त छन्। त्यसैले स्वतन्त्र पुष्टि नभएसम्म उनीहरुको दावीको अर्थ रहँदैन।

अपडेट (930pm NST) थानकोटमा एक प्रहरी निरीक्षकसहित ११ जना प्रहरीको मृत्यु भएको पुष्टि भएको छ। थानकोट र दधिकोटबाहेक काठमाडौंका बौध्द, कीर्तिपुर, ललितपुरमा पनि शृङ्खलावध्द विस्फोट भएको समाचार छ। लोडसेडिङका कारण बत्ती निभेको बेला रेकर्ड गरिएको यो अर्को पडकास्ट सुन्नुस्।

अपडेट (715 NST) थानकोटमा कम्तीमा ६ जना प्रहरीको मृत्यु भएको घटनास्थलमा रहेका कान्तिपुर टेलिभिजनका संवाददाता दीपक भट्टराईले जनाएका छन्। अडियो सुन्नुस्।

ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने भन्ने नयाँ रणनीति बोकेका माअ‍ोवादीहरुले आज घाँटीमा आक्रमण गरेका छन्। तुलसी गिरीले ढाड भाँचिसक्यो भनेका माअ‍ोवादीहरुले काठमाडौँ प्रवेश गर्ने प्रमुख नाका थानकोटस्थित प्रहरी चौकीमा अहिले साँझ आक्रमण गरेका छन्। ईकान्तिपुरका अनुसार माअ‍ोवादीहरुले चेकपोस्टमा आक्रमण गर्नुअगाडि बम विस्फोट गराएका थिए। नेपालन्युजका अनुसार प्रहरीतर्फ केही हताहती भएको छ। नेपालन्युजले भक्तपुरको दधिकोटमा पनि माअ‍ोवादीहरुले अहिले साँझ आक्रमण गरेको जनाएको छ। (more…)

January 12, 2006

जनकपुरमा उर्लियो जनसागर


निरंकुशताको अन्त गर्न सात दलद्वारा आयोजित विरोध सभामा जनसागर उर्लिएको देखेर स्वयम आयोजकहरुले जिब्रो काढे। लाखौलाख नागरिकले उत्साहसाथ जनसभामा भाग लिए।

मिथिला क्षेत्रमा भएको विरोध सभामा जनसागर उर्लेको देखेर नेताहरु दंग पर्दै चर्का भाषण गरे। उनीहरुले भनिदिए-अब राजाको शासन समाप्त हुन्छ।

राजाको शासनलाई लम्ब्याउने सोचाई बोकेका दलाल पिछलग्गु तथा चम्चाहरुले विरोध सभालाई बिथोल्न गरेको प्रयासलाई निस्क्रिय पार्न नागरिक सञ्जाल सक्रिय रह्यो। सुरक्षा बेस क्याम्पमा पाँच वटा बसलाई भने सुरक्षाकर्मीले रोकिदिए। भिमवान क्याम्प नजिक बसहरुलाई रोक्दै झण्डा, ब्यानर र तुल खोसियो। (more…)

January 10, 2006

भक्तपुरदेखि काठमाडौंसम्म निरंकुशताविरोधी आवाज

DSCI0235
नेपाल मजदुर किसान पार्टीले मंगलबार भक्तपुरदेखि काठमाडौंसम्म निरंकुशताविरोधी आवाज घन्काउँदै पैदल यात्राको आयोजना गर्‍यो। भक्तपुरका बालबालिका, महिला, वृध्द गरी हजारौंले यसमा सहभागिता जनाएका थिए। र्‍याली नयाँ बानेश्वरको लोकतन्त्र चोकमा सभामा परिणत भएको थियो। तस्वीरमा एक बालक स्कूल ड्रेसमा प्लेकार्ड प्रदर्शन गर्दै। थप तस्वीर र भिडियो ब्लगका लागि भित्र आउनुस्। (more…)

भिडियो ब्लगः पोखरामा नयाँ वर्ष

आजभोलि सार्‍है अल्छी भएको छु। खै किन हो कुन्नि। ब्लग गर्नका लागि खासै कुनै विषय पनि छैन। २८ गते जनकपुरमा सात दलको शक्ति प्रदर्शन हुँदैछ। त्यसअघि आज नेमकिपाले भक्तपुर-काठमाडौं जुलुस गर्न लागेको छ क्यारे। सँधै राजनीतिका कुरा लेख्न पनि झण्झट लाग्छ। फेरि आफूलाई राजनीति त्यति मन पनि नपर्ने। कतै कार्यक्रम भयो भने जे देख्यो त्यो लेख्ने र देखाउने मात्र हो मेरो काम। पोखरा यात्राका संस्मरण लेख्छु भनेको पनि यत्तिकै रहेको छ। बरु आज मैले पोखराको भिडियो ब्लग लिएर आएको छु। यसमा फेवातालमा बोटिङ गर्दाका दृश्य, लेकसाइडमा स्ट्रिट फेस्टिभलका क्रममा घैँटो फुटाउने प्रतियोगिता, लेकसाइडमा नयाँ वर्ष मनाउँको क्षण आदि समावेश गरिएको छ। भिडियो हेर्न भित्र आउनु होला। (more…)

January 8, 2006

गुरुजीको माया सम्झिने तरिका

पोखरा यात्राको संस्मरण- १

pokhara
यो गुरुजी उपन्यासकार सम्राट उपाध्यायको गुरु अफ लभका गुरुजी हैनन्। थाहा छैन, कहाँबाट चलन आएको हो यो- गाडी चालकलाई गुरुजी भन्ने ! यी गुरुजी थिए हामीलाई पोखराको गन्तव्य पुर्‍याउने अभिभारा लिएका ट्याक्सीचालकको। उनको माया सम्झिने तरिका पनि अनौठो नै रहेछ। त्यसो त उनको मायाप्रितिको कथा पनि कम रोचक छैन रहेछ। यात्राका क्रममा ती अपरिचित गुरुजीले हामी यात्रुहरुलाई आफ्नो कथा सुनाएका थिए। तपाईँको कथामा त फिल्म नै बनाउनु पर्छ कि क्या हो भनी मैले भन्दा उनी मुस्कुराए अनि यस्तो प्रतिक्रिया दिए मानौँ साँच्चिकै फिल्म बनाउन लागेको हुँ मैले। (more…)

December 24, 2005

भिडियो ब्लगः “जमिन्दारी चेतनाको फल हो माघ १९”

नेपालमा भिडियो ब्लगको सुरुवात गर्ने पहिलो ब्लग मेरो संसारले अर्को नेपाली ब्लग ब्लगर नेपालसितको सहकार्यमा लोकतान्त्रिक आन्दोलनमा समाहित सबै पार्टीको प्रतिनिधित्व हुने गरी नेताहरुको विचार तपाईँहरुसमक्ष प्रस्तुत गर्ने लक्ष्य राखेको छ। यस क्रममा सुरुमा प्रजातान्त्रिक काँग्रेसका प्रवक्ता मिनेन्द्र रिजालको अन्तर्वार्ता प्रस्तुत गरेका थियौं। आज नेकपा एमालेका प्रवक्ता प्रदीप नेपाललाई प्रस्तुत गरेका छौं। भिडियो ब्लगको प्रमुख अंश हेर्नका लागि भित्र आउनुहोला। (more…)

December 19, 2005

भिडियो ब्लगः “हामीले माअ‍ोवादीलाई के भन्ने ?”

२०६२ पुस ४, सोमबार
“दलहरु कार्यक्रम लिएर मेचीदेखि महाकालीसम्म घुम्ने, हामीले भने शान्तिपूर्ण सभा पनि गर्न नपाउने, हामीले चाहिँ के गर्ने त ? युध्दविराम मात्रै लम्ब्याइराख्ने ? भनेर माअ‍ोवादीहरुले हामीलाई सोध्छन्। हामीले उनीहरुलाई के जवाफ दिने ? ”
नागरिक समाजले आज आयोजना गरेको उपवासको कार्यक्रममा ऐक्यवध्दता जनाउन माइतिघर मण्डलामा पुगेका एमाले महासचिव माधवकुमार नेपालले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डे लगायतकालाई गरेको प्रश्न हो यो। ऐक्यवध्दताका लागि त्यहाँ पुगेका नेपाल र नागरिक आन्दोलनका पाण्डे, कृष्ण पहाडीहरुबीच त्यहाँको चौरमा अनौपचारिक भलाकुसारी भएको थियो। त्यही अनौपचारिक कुराकानीको अनौपचारिक रुपमा खिचिएको भिडियो ब्लग हेर्नका लागि भित्र आउनुहोला। (more…)

भिडियो ब्लग: सात दलको जनसभा

डिसेम्बर १५ मा नयाँ बानेश्वरमा भएको सात दलको सभाका बाँकी भिडियो ब्लग प्रस्तुत गर्ने क्रममा आज दुई वटा भिडियो ब्लग यहाँ राखेको छु। यसका लागि भित्र आउनुहोला। (more…)

December 18, 2005

भिडियो ब्लगः सात दलको सभा

२०६२ पुस ३ आइतबार
हिजोको चुटाइले होला, जिउ निकै दुखेको छ। त्यसैले शनिबार दिनभर सुतेर बसेँ। टाउकोमा दुखेको भने केही कम भएको छ। अहिले छुँदामात्र दुख्छ। पूरा जिउ र खुट्टा पनि दुखिरहेको छ। खुट्टामा पनि उनीहरुले हानेको अहिले आएर सम्झिरहेको छु। हिजो राति सुत्नै सकिनँ- त्यही चारैतिरबाट घेरिएर कुटिएको र आफू निरीह बनेकोमात्र आँखामा आइरह्यो। बिगारिएको क्यामेरा देख्दा पनि मन चसक्क हुने गर्छ। मेरो दुःखमा साथ दिनुभएकोमा र नैतिक र आर्थिक सहयोग गर्ने, गर्ने प्रतिवध्दता जनाउने सबैलाई धन्यवाद छ। केहीले भने तैँले चुटाइ-सुटाइ केही खाएको हैन, पैसा कमाउन नाटक गरेको हो भनेर समेत लेखे। त्यस्तो लेख्नेहरुमा विद्वान भनाउँदा पाठकहरुसमेत थिए। मानवीय संवेदनाको समेत ख्याल राख्न नसक्ने उनीहरुलाई म धन्यवाद बाहेक अरु के भनौं होला ! अहिले म यहाँ सात दलको आमसभाका दुई वटा भिडियो ब्लग प्रस्तुत गर्दैछु। हुन त यी भिडियो ब्लग यसअघि नै गर्नु पर्ने हो। तर समय र परिस्थिति नै त्यस्तै पर्‍यो। भिडियो हेर्न भित्र आउनुहोला। (more…)

December 16, 2005

मण्डलेहरुको आक्रमणबाट जसोतसो जोगिएँ (भिडियो ब्लगहरुसहित)

२०६२ पुस १ शुक्रबार
[अपडेटः आज खिचेका भिडियोबाट बनाइएका तीन भिडियो ब्लगहरु भित्र राखेको छु]
आज एउटा डरलाग्दो अनुभवबाट गुज्रिएँ। उफ् …..! सोच्दै डरलाग्छ…..चारैतिर मण्डले र गुण्डाहरुले मलाई घेरिरहेका अनि जथाभावी बोल्दै क्यामेरा खोस्न खोजिरहेका…! बीचमा म एक्लै ! उनीहरुले मलाई टाउकोमा काठले प्रहार गरे…कञ्चटमा हाने….भूइँमा लडाएर लात्तिले दिए….उफ्…! ज्यादै डरलाग्दो अनुभव थियो त्यो। अहिले यी शब्द लेखिरहँदा पनि टाउको र कञ्चटमा पीडा भइरहेको छ।

….चर्का नारा लगाउँदै गएका आन्दोलनकारीहरुमाथि उनीहरुले एक्कासी ढुंगाले आक्रमण गरे। त्यसपछि आन्दोलनकारीहरु तितरबितर भए। तितरबितर भएपछि ती मण्डले गुण्डाहरुले छानी-छानी उनीहरुलाई कुट्न थाले। कुटाइ पनि निकै डरलाग्दो। काठको ठूलो क्रिकेट ब्याट जस्तोले भूइँमा लडाएर ड्याम्म ड्याम्म। अनि एक जनाले त बडेमानको ढुंगा बजारेको पनि देखियो। दुई जनालाई त मेरै अगाडि ढालेका थिए। (more…)

December 15, 2005

भिडियो ब्लग: नगरकोट कान्डले उठेको तरङ

२०६२ मंसिर ३०, बिहीबार
नगरकोटमा भएको हत्याकान्डका कारण आज नयाँ बानेश्वरमा भएको सात दलको सभामा पूरै त्यही विषय छायो। सभाका सबै वक्ताहरुले हत्याकान्डको विरोध गरेका थिए। यस क्रममा मैले यहाँ केही भिडियो ब्लगहरु प्रस्तुत गर्नेछु। यो पहिलो भिडियोमा हत्याकान्डमा ज्यान गुमाएकाहरुको फोटो, नयाँ बानेश्वरमा सभापछि भएको तनाव र लाठिचार्ज र सभामा उपत्यका बन्दको घोषणा अनि केही नेताहरुका भाषण छन्। यसैबीच भक्तपुरका सरकारी कार्यालयहरुमा तोडफोड र आगजनीसमेत भएको खबर छ।

चौथो भिडियोः यसमा घटनाका प्रत्यक्षदर्शीहरुको कुरा छ। हेर्न यहाँ क्लिक गर्नुस्।

तेस्रो भिडियोः केटिभीका दीपक भट्टराईले नगरकोट कान्डका सम्बन्धमा तयार पारेको रिपोर्ट। हेर्न यहाँ क्लिक गर्नुहोला।

दोस्रो भिडियोः यसमा भक्तपुरका सरकारी कार्यालयमा भएका आगजनीका दृश्य छन्। हेर्न यहाँ क्लिक गर्नुस्।

पहिलो भिडियोका लागि भित्र आउनुहोला। (more…)

December 14, 2005

भिडियो ब्लग: चर्का नारा र दोहोरी

२०६२ मंसिर २९ बुधबार
डिसेम्बर १० विश्व मानवअधिकार दिवसका दिन भएको कार्यक्रमका भिडियो ब्लग प्रस्तुत गर्ने क्रम आज यी दुई वटा भिडियो ब्लग प्रस्तुत गरिसकेपछि टुंगिनेछ। भोलि सात दलले अर्कै कार्यक्रम गर्ने भएकोले पनि आज यो क्रमलाई टुंग्याउन जरुरी थियो। तर भिडियो एडिटिङ र अपलोड गर्ने काम सार्‍है समय खाने र झण्झटिलो छ। जस्तो खिचेको हो, त्यस्तै अपलोड गर्दा साइज ठूलो हुने भएकोले इन्टरनेटमा राख्न साइज कम पार्नु पर्छ। त्यसका लागि समय लिन्छ। अनि अपलोड अर्को गार्‍हो काम हो। भर्खर एक घण्टाभन्दा बढी समय लगाएर युट्युबमा अपलोड गर्दा अन्तिममा आएर एरर भनेर देखाएपछि सबै काम खेर गयो। अनि फेरि अर्को ठाउँमा गर्नु पर्‍यो। यी भिडियो ब्लग हेर्दा जति सजिलै हेर्न सकिन्छ, त्यसका पछाडि निकै मेहनत रहेको हुन्छ, खिच्ने, एडिटिङ गर्ने अनि अपलोड गर्ने र ब्लगमा पोस्ट गर्ने। त्यसैले हो कि नेपालमा अरु कसैले भिडियो ब्लग गरेका छैनन्।
आज यहाँ दुई वटा भिडियो ब्लग रहेका छन्। एउटामा चर्का नारा छन् भने अर्कोमा दोहोरी। यसलाई तपाईँले तलको अर्को ब्लगमा सारांशमा पनि हेर्नुभएको होला। तर यसमा त्यसमा नभएका पूर्ण दृश्यहरु छन्। (more…)

December 13, 2005

भिडियो ब्लगः प्रहरी दमन

डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन खिचिएका भिडियोका ब्लग प्रस्तुत गर्दै जाने क्रममा आज प्रदर्शनमा भएका प्रहरी दमनको भिडियो प्रस्तुत गरेको छु। यसका केही अंश तपाईँले तलको मुख्य अंशमा पनि देखिसक्नुभएको छ। तर यसमा भने सबै भिडियो राखिएको छ। यसमा शान्तिपूर्ण प्रदर्शनलाई रोक्न प्रहरीले पानीको फोहोरा प्रहार गरेको, लखेटेको, धरपकड गरेको (रिपोर्टिङमा आएका एक पत्रकारलाई समेत तानातान गरेको पनि देखिन्छ) र नाराबाजी सुनिन्छ। त्यसबेलासम्म चर्का नारा लागेका थिएनन्। चर्का नारा त्यसपछि लागेका थिए। चर्का नाराहरुको भिडियो ब्लग पनि केही समयपछि प्रस्तुत गर्नेछु। कृपया भिडियो तपाईँले हेर्नसक्नुभएको छ कि छैन, केही समस्या छन् कि प्रतिक्रियामा लेख्नुहोला। भिडियो हेर्न भित्र आउनुहोला। (more…)

भिडियो ब्लगः मिनेन्द्र रिजालसँगको अन्तर्वार्ता

२०६२ मंसिर २८ मंगलबार
नेपालमा पहिलो भिडियो ब्लगरका रुपमा मेरो संसारले सुरु गरेको कामलाई अझै व्यापकता दिन ब्लगर नेपालसँगको सहकार्य हिजोदेखि अ‍ौपचारिक रुपमा कार्यान्वयन भएको छ। पत्रकारिताको क्रममा म सँधै डेस्कमा रहने हुनाले बाहिर मेरो त्यति सम्पर्क हुँदैन थियो। ब्लग गर्न थालेपछि मात्रै म रिपोर्टिङका लागि बाहिरतिर हिँड्न थालेको हुँ। ब्लगर नेपालका केपी भने राजनीतिलाई नै बिट बनाएर पत्रकारिता गरिरहेको मान्छे। उसले सुरु गर्ने भनेको राजनीतिक नेताहरुको अन्तर्वार्ताको भिडियो ब्लगका लागि मैले आफूसँग भएको क्यामेरा र भिडियो एडिटिङसम्बन्धी थोरै ज्ञानले सहयोग मात्र गरेको हुँ। यस क्रममा हिजो सोमबार हामी नेपाली काँग्रेस (प्रजातान्त्रिक) का प्रवक्ता मिनेन्द्र रिजालसित अन्तर्वार्ता लिन बानेश्वरको एपेक्स कलेजमा पुगेका थियौं। निर्धारित समयभन्दा केही ढिला हाम्रो अन्तर्वार्ता सुरु भयो। ३० मिनेटभन्दा अलि लामो यो भिडियो ब्लगलाई मैले दुई भागमा विभाजन गरेको छु। त्यसलाई हेर्नभित्र आउनु होला। (more…)

December 12, 2005

भिडियो ब्लगः मानवअधिकारका लागि र्‍याली र सभा

डिसेम्बर १० मानवअधिकार दिवसका दिन खिचिएका भिडियोहरुको भिडियो ब्लगका तीन शृङ्खालामध्ये १५ मिनेटभन्दा लामो यो पहिलो शृङ्खलामा र्‍याली र सभाका दृश्य समेटिएका छन्। दोस्रो र तेस्रो शृङ्खला पनि चाँडै नै राख्दैछु। पहिलो शृङ्खला हेर्न भित्र आउनुहोला। (more…)

December 11, 2005

भिडियो ब्लग (मुख्य अंश): मानवअधिकार हनन्

डिसेम्बर २ मानवअधिकार दिवसको दिन भएको कार्यक्रममा खिचेका विभिन्न भिडियोहरुबाट केही दृश्यहरुको छनौट गरी मैले दिनभरको घटना सारांशमा देखाउन यो भिडियो ब्लग बनाएको हुँ। यसमा तपाईँले सुरुमा त्रिपुरेश्वरबाट निस्केको र्‍याली, बसन्तपुरमा भएको सभा, त्यसपछि भोटाहिटीबाट रत्नपार्कमा निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा भएको प्रहरी हस्तक्षेप, धरपकड, पानीको फोहोराले प्रहार, चर्का नाराबाजी, रमाइलो दोहोरी आदि दृश्य हेर्न पाउनु हुनेछ। यी भिडियोहरुको पूर्ण अंश पनि क्रमशः राख्दै जानेछु। आजलाई सारांश हेर्न भित्र आउनुहोला। (more…)