June 16, 2005

अलौकिक अनुभूतिका विवरण

२०६२ असार २ बिहीबार

अलौकिक अनुभूति अर्थात् यस लोकभन्दा परको अनुभूति । जीवनमा कहिलेकाहीँ हामी यस्ता घटनाको अनुभव गर्न पुग्छौँ, जसको वैज्ञानिक पुष्टि सम्भव हुँदैन । आत्मासँगको भेट, भूतप्रेतका घटना वा त्यस्तै कुनै असामान्य घटना जसको रहस्य तपाइँले आजसम्म खोतल्न सक्नुभएको छैन । यो साइट त्यस्तै घटना वा अनुभव संगाल्ने ठाउँ हो । साइट हेर्न यहाँ क्लिक गर्नुहोला।यो साइट मैले धेरै वर्षअगाडि बनाएको थिएँ। त्यतिबेला भर्खर युनिकोड निस्केको थियो र कस्तो होला भनी उत्सुकताले पनि मैले युनिकोडमा समेत यसलाई बनाएको थिएँ। त्यतिबेला नगरकोटमा भूतले मान्छे मार्‍यो भन्ने हल्ला चलेको थियो। यसमा त्यसको बारेमा पनि उल्लेख छ। जिअ‍ोसिटीजमा पाइने फ्री स्पेसको उपयोग गर्दै मैले यो साइट बनाएको थिएँ। त्यतिबेला जिअ‍ोसिटीजमा अहिले जस्तो छेउमा डिस्टर्बिङ विज्ञापन आउने गर्दैनथ्यो। अहिले त जिअ‍ोसिटीजमा बनाइएका साइट हेर्न सार्‍है झ्याउ हुन्छ। यो साइटलाई अरु फ्री सर्भरमा सार्नुपर्ने हो तर समय नै पाइरहेको छैन र मैले यसलाई खासै वास्ता पनि गरिरहेको छैन। त्यतिबेला थाहा नभएर साइटमा इमेल ठेगाना पनि राखिएको थियो। त्यसैले मेरो मेलमा स्पाम मेलहरुको भरमार हुन्छ अहिलेसम्म पनि। इमेल ठेगाना निकालुँला भनेको पनि जाँगर नै चल्दैन ।

April 18, 2005

टाइममा नेपालको फोटो फिचर

time
विश्वप्रसिद्ध टाइम म्यागेजिनको वेबसाइटमा नेपालको द्वन्द्वसित सम्बन्धित १६ वटा तस्बिर समावेश गरी एक फोटो फिचर प्रस्तुत गरिएको छ । टाइमका लागि टमस भान हाउट्रिभेले यी तस्बिर खिचेका हुन् । फोटो फिचरका लागि यहाँ क्लिक गर्नुहोला ।

April 12, 2005

जी मेलको ‘ल्यापटप’ उपयोगिता

२०६१ चैत ३०, मंगलबार
निःशुल्क इमेलको संसारमा अब जी मेललाई कसैले जित्न सक्ला त ? मेरो विचारमा त सक्दैन । १२ दिन अगाडि जी मेलले आफ्ना ग्राहकहरुलाई थप एक गिगाबाइट स्थान निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि उसको प्रमुख प्रतिस्पर्धी याहूले स्थान बढाउँदैमा केही फरक नपर्ने भन्दै आफ्नो हात पछाडि सार्ने संकेत दिएको थियो । याहूका अनुसार कुनै निश्चित बिन्दूमा पुगिसकेपछि स्थानको संख्याले कुनै अर्थ राख्ने गर्दैन । तर जी मेलको स्थान क्षमता २ गिगाबाइट मात्रै हैन, हरेक सेकेन्डमा बढेको बढ्यै छ । कतिसम्म बढ्ने हो, कसैलाई थाहा छैन ।
तपाइँहरु मध्ये धेरैसित जी मेल होला र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट स्थान के राखेर भर्ने होला ? त्यसो हो भने म तपाइँलाई एउटा एकदमै उपयोगी टिप्स दिँदैछु । कहिलेकाहीँ तपाइँलाई अफिसका फाइल घरमा र घरका फाइल अफिसमा चाहिने हुन्छ । फ्लपी डिस्केटको त भरै हुन्न । नयाँ फ्लपीले पनि जतिखेर आवश्यक पर्छ त्यतिबेला धोका दिनसक्छ । फेरि त्यसमा ठूलो खाले फाइल पनि कहाँ अट्छ र ? यस्तो अवस्थामा ल्यापटप बोक्न पाए हुन्थ्यो भन्ने कल्पना गर्नुभएको होला । ल्यापटपको व्यवस्था गर्न सक्नुहुन्छ भने त समस्याको समाधान भइहाल्यो, सक्नुहुन्न भने चाहिँ जी मेलको सहयोगले समाधान निकाल्ने एउटा गजबको आइडिया छ । (more…)

April 11, 2005

इन्टरनेटमा शब्दकोश

२०६१ चैत २९, सोमबार
इन्टरनेटमा रुमल्लिरहेको बेला अकस्मात तपाइँलाई कुनै अंग्रेजी शब्दको नेपाली अर्थ थाहा पाउने मन हुन्छ । त्यतिबेला कहाँ मोटो शब्दकोशका पाना पल्टाइरहने झन्झट गर्नु जस्तो हुन्छ । यदि त्यसो हो भने इन्टरनेटमा एउटा वेबसाइटले तपाइँको समस्या समाधान गरिदिनसक्छ । यहाँ क्लिक गर्नुस् । यसबाट अंग्रेजीबाट नेपालीमा मात्र हैन, नेपाली शब्दको अंग्रेजी अर्थ पनि हेर्न मिल्छ । खल्लो कुरा चाहिँ अहिलेको लागि यो बेटा संस्करणमा मात्र उपलब्ध छ । अंग्रेजी-नेपाली शब्दकोशका लागि चाहिँ यो वेबसाइट पनि उपयोगी छ
यहाँ क्लिक गर्नुस् ।
मेरो सिफारिशका अरु साइटका लागि यहाँ क्लिक गर्नुस् ।

April 7, 2005

नेपाली भाषाको विश्वकोष

२०६१ चैत २५, बिहीबार
अस्ति भर्खर कान्तिपुरमा नेपाली भाषामा पनि विश्वकोष तयार भइसकेको तर त्यसलाई बजारमा ल्याइनसकेको र पुस्तकालयलाई मात्र दिइएको समाचार पढेको थिएँ । अब त नेपाली भाषामा विश्वकोष बनाउने परियोजना इन्टरनेटमा पनि सुरु भइसकेको रहेछ । आजैमात्र मैले यस बारेमा थाहा पाउने मौका पाएँ ।
विकिपीडिया एक निःशुल्क बहुभाषिक विश्‍वकोष रहेछ । अंग्रेजी भाषाको विकिपीडिया सन् २००१ मा परिकल्पना गरिएको रहेछ भने नेपाली भाषाको विकिपीडिया सेप्टेम्बर २००४ मा शुभारम्भ गरिएको रहेछ । वेबसाइटमा उल्लेख भएअनुसार प्रारम्भमा नेपाली भाषाको विकिपीडिया संस्‍कृतमा लेखिएको रहेछ र अझै पनि यसको थुप्रै अंश संस्‍कृत र अंग्रेजीमा नै रहेछ। तपाइँ पनि यसलाई नेपाली भाषामा रुपान्तर गर्न मद्दत पुर्‍याउन सक्नु हुन्छ। मैले पनि आज केही अनुवाद गरेर सघाइ दिएँ । मैले बारका नाम र प्रधानमन्त्री शेरबहादुर देउवाको स्थानमा पछिल्ला जानकारी टाइप गरेर राखिदिएको थिएँ । नेपालसम्बन्धी पृष्ठमा प्रधानमन्त्रीको ठाउँमा अझै पनि देउवाकै नाम रहेछ । त्यसलाई हटाउन खोजेको थिएँ तर हटाउनै सकिनँ । अफिसको विन्डोज ९८ कम्प्युटरमा युनिकोड फन्टमा टाइप गर्न मैले छहारीको टुल प्रयोग गरेको थिएँ । अलि झ्याउ नै हुनेरहेछ त्यसो गर्दा ।
विकिपिडियाको संचालन गैर-मुनाफा संस्था विकिमिडिया फाउन्डेसनले गर्दछ । यसले अन्य बहुभाषिक र खुला-सामाग्री परियोजनाहरु पनि संचालन गर्दछ । यसको नेपाली भाषाको मुखपृष्ठमा आफ्नो लोगोमा रञ्जना लिपिको प्रयोग गरेको छ । के तपाइँलाई थाहा छ ? रञ्जना लिपि नेपालको मौलिक लिपि हो । संयुक्त राष्ट्र संघमा नेपालले सदस्यता खोज्दा तिमीहरुको मौलिक लिपि के छ भनेर सोधिएको रहेछ । नेपाली प्रतिनिधिहरुले सुरुमा देवनागरी लिपिको बारेमा बताएका रहेछन् । तर त्यो त भारतको लिपि हो, तिमीहरुको छुट्टै लिपि छैन भनेर सोधखोज गर्दा रञ्जना लिपिलाई नेपालले आफ्नो मौलिक लिपिका रुपमा दर्ता गरेको थियो । मल्लकालका कतिपय शिलालेखहरुमा यही लिपिको प्रयोग भएको छ । तर विडम्बना अहिले यही लिपिलाई कुनै एउटा जातिविशेषको पेवा जस्तो बनाइएको छ । राज्यले यसको संरक्षण र प्रयोगका लागि कुनै चासो देखाएको छैन ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.