January 30, 2006

ह्वाइटहाउसअगाडि घन्कियो राजाविरोधी नारा

DC rally1

गत वर्ष माघ १९ को शाही कदमकाविरुध्द वासिङटन डीसीवासी नेपालीहरुले आइतबार एक विरोध र्‍यालीको आयोजना गर्दै राजतन्त्रको विरोधमा चर्का नाराबाजी गरेका छन् शाही कदमका विरुध्द अन्तराष्ट्रिय जनमत सृजना गर्नका लागि ह्वाइटहाउसअगाडि सम्पन्न विरोध र्‍यालीमा झण्डै दुई सय नेपालीहरुको सहभागिता रहेको थियो।

उक्त अवसरमा नेपालमा लोकतन्त्र बहाली, मानवअधिकारको ग्यारेन्टी, राजनीतिक बन्दीहरुको बिना शर्त रिहा, सैनिक घेराभित्र गरिन लागेको नगर निर्वाचनको स्थगन गरिनुपर्ने, माओवादी र सात दलबीचको १२ बूँदे सहमतिका आधारमा द्धन्द्ध समाधानका लागि पहल गरिनुपर्ने, प्रेस स्वतन्त्रताको बहाली लगायतका मागको नारा, प्लेकार्ड र व्यानर सहितको जुलुसले ह्वाइटहाउस अगाडि परिक्रमा गरेको थियो। (more…)

महानगर उम्मेदवारको सुरक्षार्थ ‘स्पेशल फोर्स’

२०६२ माघ १६, आइतबार
अपडेटः शाही चुनाव एउटा ठट्टा बन्न पुगेको छ। प्राप्त पछिल्लो जानकारी अनुसार माघ २६ गते ४ हजार १ सय १६ पदका लागि चुनाव हुनुपर्नेमा आधा अर्थात् २ हजार १ सय ४ स्थान रिक्त छन्। अर्थात् त्यहाँ कसैको उम्मेदवारी परेको छैन। अब त्यहाँ माघ २६ गते निर्वाचन हुँदैन। त्यहाँका लागि छुट्टै निर्वाचन कार्यक्रम बनाइन्छ। यसरी हेर्ने हो भने अरुलाई चुनाव गराउन नसकेको भन्दै असक्षमको पदवी गुल्ट्याएर शासन सत्ता आफ्नो हातमा लिने मन्त्रिपरिषद्का अध्यक्ष आफैले पनि भनेको समयमा चुनाव गराउन नसकेको प्रष्ट भएको छ। २२ वटा नगरपालिकामा अरु उम्मेदवार नभेटिएपछि एक्ला उम्मेदवारलाई निर्विरोध विजयी भएको घोषणा गरिएको छ।

निर्वाचन आयोगले सोमबारदेखि चुनाव प्रचार प्रसार गर्ने वातावरण मिलाउन सरकारलाई भनेको छ। दस दिन बाँकी छ चुनाव, तर धेरैले उम्मेदवारको विषयमा नै थाहा पाएका छैनन्। हेरौं, अब भोलिदेखि कसरी उनीहरु ‘दुलो’ बाट बाहिर निस्केर चुनाव प्रचार गर्न आउने हुन्। स्वतन्त्र समाचार सेवाका अनुसार उम्मेदवारहरु कडा सुरक्षा घेराभित्र लुकीलुकी हिँडिरहेका छन्। स्वससेको समाचार पढ्न भित्र आउनुस्। (more…)

January 26, 2006

फेब्रुअरी १: कहाँ के हुँदैछ ?

राजाले शासन सत्ता आफ्नो हातमा लिएको एक वर्ष पूरा हुने दिन फेब्रुअरी १ तारिखका दिन विश्वका विभिन्न देशमा विरोध प्रदर्शन तथा र्‍यालीको आयोजना हुने भएको छ। यससम्बन्धमा मलाई ईमेलबाट प्राप्त केही जानकारी यहाँ प्रस्तुत गर्दैछु। कृपया अरु केही कार्यक्रम छन् भने जानकारी पठाउन अनुरोध छ। (more…)

January 21, 2006

आज सात दलको शक्ति प्रदर्शन

बसन्तपुरको यसै स्थानमा शनिबार सभा हुँदैछ। यो फोटो भने शुक्रबार कर्फ्यु लाग्नु १५ मिनेट अगाडि खिचिएको हो। अरु फोटोका लागि भित्र आउनुहोला।

सात राजनीतिक दलले शनिवार राजधानीमा विशाल जुलुस र २ बजे बसन्तपुरमा सभा गर्ने भएका छन्। शुक्रबार गर्ने भनिएको प्रदर्शन सरकारले लागू गरेको कर्फ्युका कारण प्रभावित भएकाले शनिवारलाई सारिएको हो। शनिबार पनि कर्फ्यु लागू गरिन्छ कि धरपकड मात्रै हुन्छ, त्यो भने थाहा भएको छैन। शुक्रबार रातिसम्म शनिबार बिहान ४ बजेसम्म मात्र कर्फ्यु लाग्ने बताइएको छ। (more…)

January 16, 2006

शाही सरकारलाई अर्को धक्काः ७२ पार्टीले निर्वाचनमा भाग नलिने

२०६२ माघ ३, सोमबार
मन्त्रीहरुले आफ्नो दल र आसेपासेलाई जिताउने षड्यन्त्र गरेको र शान्तिसुरक्षाको स्थिति नाजुक रहेकाले आसन्न नगरनिर्वाचनमा भाग नलिने घोषणा ७२ वटा साना दलले गरेको समाचार निजी क्षेत्रको समाचार समिति स्वतन्त्र समाचार सेवाले दिएको छ भने २८ साना पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेको समाचार सरकारी सञ्चार माध्यम राससले दिएको छ। एउटै ठाउँमा भएको कार्यक्रमलाई पनि निजी र सरकारी सञ्चार माध्यमहरुले कस्तो ठ्याक्कै उल्टो बुझिने गरी आफ्नै ढंगमा समाचार सम्प्रेषण गर्ने कार्य हाल नेपालमा भइरहेको छ भनी बुझ्न पनि तपाईँले यी दुई समाचार पढ्नु पर्ने हुन्छ। (more…)

January 13, 2006

नेताहरुलाई मण्डेला सहयोगीको गोप्य प्रशिक्षण

अफ्रिकी नेशनल कांग्रेसका नेता नेल्सन मण्डेलाका सहयोगी नेता इब्राहिम इब्राहिमले नेपालका राजनीतिक दलका नेताहरुलाई गोप्य प्रशिक्षण दिएको खुलासा स्वतन्त्र समाचार सेवाले गरेको छ। उनले आन्दोलनरत सात दलका साथै राप्रपाका नेतालाई गोदावरीमा तीन दिनसम्म प्रशिक्षण दिएका रहेछन्।

प्रशिक्षणमा इब्राहिमले शान्तिपूर्ण प्रजातान्त्रिक संर्घष सञ्चालन विधि र द्वन्द्व समाधानका विषयमा प्रशिक्षण दिएको बताइएको छ।

शान्तिपूर्ण आन्दोलनबाट अफ्रिकामा जारी सशस्त्र द्वन्द्व समाधान गर्न सफल अहिंसावादी नेता मण्डेलाका सहयात्रीले दिएको सो प्रशिक्षणमा आठ दलको तर्फबाट तीन/तीन जना नेताले भाग लिएका थिए। प्रशिक्षणको विषयवस्तु र सहभागी नेताहरुको नाम समेत गोप्य राखिएको छ। (more…)

January 11, 2006

जनकपुरमा शाही आतंक सुरू

२०६२ पुस २७ बुधबार
[अपडेटः नेपाल दुरसंचार कार्यालय जनकपुर प्रमुख श्याम श्रेष्ठले स्विचिङ्ग शाखामा मुसा पसेकाले टेलिफोन र मोबाइल अवरुद्ध भएको स्वतन्त्र समाचार सेवालाई जानकारी दिएछन्। टेलिफोन विहान ११ बजेदेखि १ः३० सम्म र मोबाइल ११ बजेदेखि साढे १२३० सम्म अवरुद्ध भएको थियो]

शाही सरकारले जनकपुरमा भोलि बिहीबार हुन लागेको शान्तिपूर्ण सभाको पूर्वसन्ध्यामा आज बिहानदेखि टेलिफोन सेवा बन्द गरी आफ्नो निरंकुश चरित्र देखाएको छ। यसअघि बाग्लुङको सभामा पनि माअ‍ोवादीको भेषमा सेनालाई पठाएर ठूलै घटना गराउने असफल प्रयास गरिएको थियो। भोलि जनकपुरमा पाँच लाखलाई सडकमा उतार्ने दावी गरिएको छ।
(more…)

January 8, 2006

नेपाल स्टारमा धाँधलीको आशंका ?

अपडेटः विष्णु चेम्जोङ (फोटोमा देखिएकी) नै आइतबार राति सवा ८ बजे नेपाल स्टार घोषित भएकी छिन्।
[तलको सामाग्री मेरो संसारका एक नियमित पाठक तथा शुभेच्छुक प्रसन्नको सौजन्यबाट प्राप्त भएको हो]
मेरो पूर्वानुमानमा विष्णु चेम्जोङ नै भरे बेलुका छानिने नेपाल स्टार हुनेछिन्। किनकि धरानमा नै बिहानदेखि सबै साइबर क्याफेहरू उनलाई भोट गर्नको लागि आरक्षित गरिएका छन्। त्यति मात्र कहाँ हो र एउटा ईमेलबाट एउटा मात्र भोट गर्न पाइने भए पनि केही साइटहरूबाट हुँदै नभएको ईमेल एड्रेस प्रयोग गरेर पनि भोट गर्न सकिने गरी बनाईएको छ। http://www.dharanonline.com.np यो साइट त खालि विष्णुलाई भोट गर्न मात्र बनाईएको हो। http://members.lycos.co.uk/mail यो साईट चै मैले आफै बनाएको हो। यसमा तपाइ From लेखेको ठाँऊमा From: लेखेर जे ईमेल एड्रेस लेख्नु हुन्छ पाउनेले त्यही एड्रेसबाट आएको जस्तैगरी ईमेल जान्छ। के नेपाल वान टेलिभिजनले यस्ता ठगीहरू पक्डेर सही चुनाव गर्न सक्छ? हुनत यसमा प्रतियोगीको केही दोष छैन। म मेरो साइटबाट जसलाई पनि जसको नामबाट पनि मेल गर्न सक्छु तर IP Address Track गरेर पत्ता लगाउन सकिन्छ। के नेपाल वान टेलिभिजनसँग यति धेरै समय छ? (more…)

January 5, 2006

बन्दूक बोक्ने सैनिकलाई ढुंगा हान्ने तालिम

माघ २६ गते हुन लागेको नगर निर्वाचनमा हुनसक्ने हुलदंगा र आक्रमणलाई ध्यानमा राखेर सरकारले सेनालाई विशेष तालिम दिन सुरु गरेको छ। यस्तो तालीममा ढुंगा हानाहानका घटना भएमा आफूहरु बचेर आक्रमणकारीलाई नियन्त्रणमा लिने तालिम पनि परेको छ। भक्तपुरमा सार्वजनिक बाटोमा यातायात समेत रोकी बिहीबार सेना-सेना बीच ढुंगा हानाहान गर्ने तालिम भएको रहेछ। बन्दूक बोक्ने सैनिकलाई ढुंगा हान्ने तालिमका बारेमा प्रकाशित समाचार यस्तो छ- (more…)

December 28, 2005

सर्वोच्च कब्जा गर्ने अभियानमा दरबार


सर्वोच्च अदालतमा संविधान, कानून र विवेकका अनुयायी होइन, दरबारका भक्तहरुलाई न्यायमूर्ति बनाउने प्रपञ्च चलिरहेको छ । यो खेलमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने न्यायपरिषद् यतिबेला नराम्ररी फँसेको छ । दरबारको इच्छा र निर्देशनलाई र्टार्न नसक्ने तथा शाही सरकारका कानून मन्त्रीको योजनालाई पन्छाउन नसक्ने अध्यक्षका कारण न्यायपरिषदका विवेकशील सदस्य र कर्मचारी बिलखबन्दमा परेका छन्। त्यसैले मंगलबार परिषद्का सचिव काशीराज दाहाल प्रधानन्यायाधीश दिलिपकुमार पौडेलले खोज्दा सम्पर्कमा रहेनन्। (more…)

December 25, 2005

“प्रधानमन्त्रीको लोभ छाड्नुस्, राष्ट्रपतिको लागि तयार रहनुस्”

पटक-पटक पद मोहमा परी लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्दै आएको राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्रीको लोभ त्यागेर राष्ट्रपतिका लागि तयार रहन आठ विद्यार्थी संगठनले आग्रह गरेका छन । प्रतिगमन विरुद्ध सञ्चालित आन्दोलनले राजासँग मिलन बिन्दु बन्द गरेको भन्दै विद्यार्थी नेताहरुले राजतन्त्रको अन्त्यका लागि विद्यार्थीहरु टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रिइसकेको बताए । (more…)

December 23, 2005

बाबुरामकी आमा र प्रचण्डका पिता बिरामी

नगर निर्वाचन ध्वस्त पार्न माअ‍ोवादीका शीर्ष नेता प्रचण्ड र बाबुराम भट्टराईले संयुक्त वक्तव्य निकालेकै दिन दुवैका आमाबुबा बिरामी भएर एउटै डाक्टरकहाँ उपचार गराउन गएको संयोग जुरेछ। देश हल्लाउने व्यक्तित्वका परिवार भए पनि उहाँहरुसित उपचार गर्न आर्थिक अभाव भएका कारण डाक्टरहरुले नै व्यवस्था गरिदिनु परेको समाचार छ। (more…)

December 21, 2005

काँग्रेस किन हाँडिगाउँको जात्रा देखाउँदैछ ?

२०६२ पुस ६ बुधबार
राजाको निरंकुशताविरुध्द लडिरहेको नेपाली काँग्रेसको आफ्नै संगठनभित्र भने निरंकुशता हावी हुनु लज्जास्पद कुरा हो। यस्ता कुरालाई सुधार गर्नुको साटो झन् चर्काएर काँग्रेसले किन बेमौसमको जात्रा देखाइरहेको हो, बुझ्नै गार्‍हो छ बा। आन्दोलन चर्काउनु पर्नेमा आफैभित्रका विवाद चर्काएर कसलाई फाइदा होला ? सन्दर्भ नेविसंघको नेतृत्वको विवादको हो। पोखरामा महाधिवेशन भाँडिएको कुरा त जगजाहेरै छ। त्यसका दोषीलाई कारबाही गरी छिटो महाधिवेशन गर्नुको साटो आफ्ना आसेपासेलाई राखेर तदर्थ समिति बनाइयो। त्यसको विरोध गर्नेलाई अब कडा कारबाही गर्ने तयारी भइरहेको रहेछ। (more…)

December 4, 2005

ढुंगा काण्डमा पक्रिएकालाई यातना दिएको पुष्टि (भिडियोसहित)

२०६२ मंसिर १९ आइतबार
राजाको गाडी र युवराजको सवारीमा ढुंगा हानेको आरोपमा पक्राउ परेर काठमाडौंको तीनकुने प्रहरी चौकीमा राखिएकाहरुलाई यातना दिने काम भएको पुष्टि भएको छ। उनीहरुलाई आज मानवअधिकार आयोग, सरकारको छानबिन टोली र एमाले नेताहरुले भेटेका थिए। पक्राउ परेकाहरु मध्ये एक दर्जन त स्कूले कलेजका विद्यार्थी रहेको बताइएको छ। यससम्बन्धमा सरकारी सञ्चारमाध्यमले केही समाचार नदिए पनि काठमाडौं उपत्यकामा मात्र प्रसारण हुने कान्तिपुर र इमेज मेट्रो च्यानलले समाचार दिएका छन्। यहाँ मैले कान्तिपुर टेलिभिजनका लागि दीपक भट्टराईले तयार पारेको न्युज रिपोर्टलाई टीभी सेटबाट क्यामेराले रेकर्ड गरेर नेपालबाहिरका पाठकहरुका लागि प्रस्तुत गरेको छु। यो भिडियोलाई यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोला। लिंकमा राइट क्लिक गरेर सेभ टार्गेट एज गर्नु भए पनि हुन्छ। यही घटनालाई लिएर एमालेको केन्द्रीय कार्यालय बल्खुमा हिजो आक्रमण गर्ने धम्की दिनेहरुलाई तुरुन्त कारबाही नगरे सडकबाटै त्यसको जवाफ दिने चेतावनी एमालेले दिएको छ। यही विषयलाई लिएर आज अस्कल क्याम्पस क्षेत्रमा २ घण्टा प्रहरी-विद्यार्थी भिडन्त भयो। विद्यार्थीले ढुंगा हानेका थिए भने प्रहरीले दर्जनौं टियरग्यास।
अपडेटः यो भिडियो हेर्न समस्या भएको गुनासो आएको हुँदा मैले अर्कै ठाउँमा पनि होस्ट गरेको छु। कृपया त्यसलाई हेर्न भित्र आउनुहोला। (more…)

युवराजलाई उक्साउने को ?

२०६२ मंसिर १९ आइतबार
शुक्रबार मिनभवन नजिकै आफ्नो गाडीमा भएको ढुंगा प्रहारका विषयमा युवराजबाट सबै सुरक्षा निकायका प्रमुखहरुलाई एकै ठाउँमा राखी स्पष्टिकरण लिइबक्सेको छ। युवराजबाट त्यसरी स्पष्टिकरण लिन उक्साउने काम कसले गरेको थियो त ? यस सम्बन्धमा आज साँझ राजधानीबाट प्रकाशित हुने नेपालभाषाको सन्ध्या टाइम्सले एउटा समाचार प्रकाशित गरेको छ। समाचारको नेपाली अनुवाद पढ्न भित्र आउनुस्। (more…)

November 28, 2005

के छ प्रचण्डको अन्तर्वार्तामा ?

बीबीसी नेपालीको वेबसाइट पनि “ब्लक”

नेकपा माअ‍ोवादीका अध्यक्ष प्रचण्डको अन्तर्वार्तालाई बीबीसी नेपाली सेवाले आइतबार प्रसारण गरेको थियो। प्रचण्डले रेडियोलाई दिएको यो पहिलो अन्तर्वार्ता हो। यसअघि प्रचण्डको आवाजमा एउटा विज्ञप्ति भने जारी भइसकेको थियो। त्यसलाई मैले बीबीसीमा नै सुनेको हुँ। प्रचण्डको अन्तर्वार्ताका बारेमा काठमाडौंमा खुब चर्चा थियो- आज राति बीबीसीमा आउँछ है भनेर। तर ठीक त्यही समयमा सरकारले बीबीसीको प्रसारण रिले गर्ने रेडियो सगरमाथाको प्रसारणलाई नै रोक्का गर्ने पूर्जी दियो र सामान र पत्रकारहरुलाई उठाएर लग्यो। बीबीसीमा प्रसारण भएको अन्तर्वार्तालाई मैले सुनेर टाइप गरी लिखित रुप दिएको छु। त्यसलाई हेर्न भित्र आउनुहोला। अन्तर्वार्ता सुन्नलाई भने यहाँ जानुस्। अहो, यो टाइप गरी सकेर लिंकका लागि इन्टरनेटमा बीबीसीको साइट हेर्छु त त्यहाँ पनि शाही सरकारको कृपा परिसकेको जस्तो रहेछ। एक्सेस डिनाइड आउँछ बीबीसी नेपालीको पेजमा। अरु ब्लक गरिएका साइटमा पनि यस्तै आउने गर्छन्। विदेशमा भने मजाले खुलिरहेको रहेछ साइट। सरकारले काठमाडौंबाहिरका सात एफएम स्टेसनहरुलाई पनि बीबीसीको त्यो अन्तर्वार्ता प्रसारण गर्नबाट रोकेको थियो रे। अनि बीबीसी विश्व सेवाको अलग्गै १०३ एफएम पनि बन्द गरिएछ। (more…)

November 25, 2005

प्यारोडीः वरिपरि, जर्नेल कर्णेल

प्यारोडी र तस्वीर सौजन्यः उही कुमार लामा (२३ नोभेम्बर २००५)
संकलनः मालदाइ, स्वरः मालदाइ र माइलीभाउजू, दमाहाः डिस्को विक्रम, झ्याम्टाः बुहारी विक्रम, नरसिङ्गाः पा(बा)स्टर चुलसी गिरी, सनाईः इसारानुसार जंगिने थापा। सधन्यवाद शंभुजित बासकोटा र देविका प्रधान (साथीभाइ जर्नेल कर्नेल सुन माया गार्खाली पल्टनमा)

मालदाइः
वरिपरि, जर्नेल कर्णेल
हे सुन माइली नारायणहिटी दरबारमा (more…)

November 15, 2005

भिडियो ब्लगः लोकतान्त्रिक गजल

मेरो संसार अब मात्र मेरो संसार रहेन। अब यो तपाईँ हामी सबैको साझा संसार भएको छ। यसै क्रममा आज मेरो इमेलमा एउटा लोकतान्त्रिक गजल आइपुगेको छ। पहिलो पटक मलाई पाठकबाट भिडियो ब्लग प्राप्त भएको हो। हेरेँ र सुनेँ, डा. दीपक खड्काले नोभेम्बर ६ तारिखमा न्युयोर्कमा मानवअधिकारकर्मी कृष्ण पहाडीको आतिथ्यमा भएको नागरिक सभामा वाचन गर्नुभएको गजल रहेछ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। गजल पढ्न चाहनुहुन्छ र डाउनलोड नगरी सीधै भिडियो हेर्न चाहनुहुन्छ भने भित्र आउनुहोला। (more…)

November 13, 2005

दक्षिण कोरियामा नेपालीको मृत्यु

रुपन्देही जिल्लाको भैरहवा घर भएका करिब ३३ वर्षका गोविन्द केसीको दक्षिण कोरियामा निधन भएको छ। नोभेम्बर ९ तारिख साँझ साढे सात बजेतिर उनलाई उनले काम गर्ने कम्पनी नजिकै छटपटाइरहेको अवस्थामा सोही कम्पनीका साहुले फेला पारेका र स्थानीय अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै उनको मृत्यु भएको बताइएको छ। (more…)

राजा र दल मिल्ने कुरा नेपालीले नकारिसकेः पहाडी

राजा र दल मिल्ने भनेको अस्थायी प्रक्रिया मात्र भएको एम्नेष्टी इन्टरनेशनल, अमेरिकाको आयोजनामा लोकतान्त्रिक गणतन्त्रको विश्व जनमत निर्माण गर्ने सिलसिलामा अमेरिका आइपुग्नुभएका मानवअधिकार तथा लोकतान्त्रिक गणतन्त्रवादी नेता कृष्ण पहाडीले एक प्राज्ञिक भेलामा बताउनुभएको छ। नोभेम्बर १० तारिखका दिन बोस्टनस्थित नर्थ इन्टन विश्वविद्यालयको एक सभाकक्षमा सम्पन्न अमेरिकी प्राज्ञिकहरुसँगको छलफलका सन्दर्भमा पहाडीले अगाडि भन्नुभयो, राजा र दल मिल्न गएमा मुलुकमा स्थायी शान्ति नआउने हुँदा राजा र दल मिल्नुपर्छ भन्ने कुरालाई नेपाली जनताले नकारिसकेको यस परिवर्तित सन्दर्भमा असान्दर्भिक कुरा गरेर समस्याको समाधान नहुने कुरामा उहाँले प्रष्ट पार्नुभयो। (more…)

November 8, 2005

कृष्ण पहाडी न्युयोर्कमा

चर्चित मानवाधिकारवादी नेता विदेश भ्रमणका क्रममा हाल न्युयोर्कमा छन्। नोभेम्बर छ तारिखका दिन न्युयोर्कका ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरमा नेपालीहरुबीच एक अन्तर्क्रिया कार्यक्रम भयो। अन्तर्क्रियामा बोल्दै पहाडीले राजतन्त्रको
भविष्य समाप्त भइसकेको बताउनु भयो। नेपालमा हुँदा पीतवस्त्रमात्र धारण गर्ने पहाडीले त्यहाँ पनि पीतवस्त्र छाड्नु भएको थिएन। तर यहाँभन्दा फरक उनी त्यहाँ सुटमा ठाँटिएका थिए। मेरो संसारलाई इमेलबाट प्राप्त पहाडीको सम्बोधनको सानो अंशको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

सद्दामलाई चिठ्ठी “मेरो देशमा पनि निरंकुश सालिक खस्नेछ”


ए सद्दाम !
त्यहाँ तिम्रो देशमा जस्तै
अचेल मेरो देशमा पनि
एक थुप्रो हिटलरहरु
मानिसको सानो मुटु होइन
विशाल कुरुक्षेत्र जित्न लागि परेका छन् ।
सायद यी युद्वान्धहरुले
आस्थाको विशाल आकाशमा
युद्वको ताज जित्ने योद्वा भन्दा
प्रेमको प्रसाद बाँडने पूजारी
धेरै-धेरै माथि उठेको देखेका छैनन् ।
त्यहाँ तिम्रो देशमा
विश्वासको मस्जिद घाइते भएको जस्तै
अचेल मेरो देशमा पनि
दिन प्रतिदिन
निर्दोष जनतासँगै मानवता चोटग्रस्त छ र
ती बेकसूर मस्जिदहरुभित्र
पवित्र कुरान जले जस्तै
यहाँ संविधान डढ्दै छ । (more…)

November 5, 2005

राइसलाई कंग्रेस सदस्यहरुको पत्र

नेपालसम्बन्धी छुट्टै रणनीति बनाएर अघि बढ्न अमेरिकी कंग्रेसका सात सदस्यले विदेशमन्त्री कन्डोलिजा राइसलाई आग्रह गरेका छन् । पत्रमा भनिएको छ- ‘नेपालीहरूले सामना गरिरहेको गरिबी हटाउँदै राजा ज्ञानेन्द्रलाई प्रजातान्त्रिक शासन अपनाउन प्रेरित गर्न कूटनीतिक हस्तक्षेप, आर्थिक विकास, नागरिक सुरक्षाको पुनःस्थापना सहितको प्याकेज आवश्यक छ भन्ने हामी ठान्छौं ।’ पत्रको नेपाली अनुवादका लागि यहाँ क्लिक गर्नुस्। हस्ताक्षरसहितको मूल पत्रको प्रतिलिपि पीडीएफ फरम्याटमा- यहाँ क्लिक गर्नुस्।

October 28, 2005

राजदरबार प्रवेश गर्न लागेकी सुन्दरी

२०६२ कात्तिक ११, शुक्रबार
यो हप्ताको जनआस्था साप्ताहिकले प्रमुख समाचारमा लेखेको राजदरबार प्रवेश गर्न लागेकी सुन्दरी भनेकी यिनी नै हुन्। सन् २००० मा मिस अमेरिका बनेकी यी सुन्दरीको नाम हिथर रेनी फ्रेञ्च हो। राष्ट्रिय राजनीतिक दलहरु मात्रै होइन अन्तर्राष्ट्रिय समुदायबाट पनि आलोचना र असहयोग पाएपछि एक्लिंदै गएको सरकारले अब अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार्न एकजना विदेशी सुन्दरीको सहयोग लिने भएको छ । सन् २००० मा मिस अमेरिका बनेकी सुन्दरी हेदर रेनी फ्रेञ्च आफ्ना श्रीमान् केन्टुकी राज्यका पूर्व लेफि्टनेन्ट गभर्नर स्टिथ हेन्रीलाई साथमा लिएर डिसेम्बरको पहिलो हप्ता मरिचमानसिंहको निमन्त्रणामा नेपाल आउंदैछिन्।

सुन्दरी फ्रेञ्चका पति स्टिभ अमेरिकी राष्ट्रपति जर्ज बुशको विरोधी डेमोक्रेटिक पार्टीका प्रभावशाली मानिन्छन् । उनी आगामी निर्वाचनमा डेमोक्र्याटका तर्फबाट सिनेटमा समेत उठ्दैछन्…..

जनआस्थाको पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुस्।



Your Ad Here

October 25, 2005

अमेरिकामा नेपाली नेताहरुको बिजोग !

कार्टर सेन्टरको तत्वावधानमा अमेरिकामा द्वन्द्व समाधानको प्रशिक्षण लिन आइपुगेका नेपाली नेताहरुको बिजोग भएछ। विमलेन्द्र निधिको भिडियो क्यामरादेखि लिएर महेन्द्र लावतीको ल्यापटप लगायतका केही बहुमूल्य सामान अनि रामशरण महतको प्लेन टिकटसमेत उनीहरु चढेको गाडीको सिसा फोडी चोरी भएछ। अमेरिकास्थित ब्लगका नियमित पाठकको रिपोर्ट पढ्न भित्र आउनुस्- बाँकी (more…)

October 20, 2005

कति गार्‍हो छ पत्रकारिता नेपालमा ?

२०६२ कात्तिक ३ बिहीबार
कति गार्‍हो छ नेपालमा पत्रकारिता गर्न…प्रमाण हेर्ने भए भित्र आउनुस्। (more…)

October 16, 2005

सिरीमा सिरी नि माइला

२०६२ असोज ३० आइतबार
पाँच दिन विदा बसेर आज पहिलो दिन अफिस पुगेँ। दसैंको ह्याङअ‍ोभर अझै सकिएको छैन काठमाडौंमा। अझै पनि बाटो सुनसान नै देखिन्छ। यसपालिको दसैं यत्तिकै बित्यो। दिनभर र राति अबेरसम्म कम्प्युटरमा टाँस्सिएर बस्दा आँखा नै कमजोर भएको जस्तो अनुभव भएकोले कम्प्युटरमा बस्न अलि कम गर्नुपर्ने महसूस गरिरहेको छु। विगत केही दिनदेखि पडकास्टिङका बारेमा अलि खोजबिन गर्ने काम गरिरहेको छु। त्यसैले नयाँ ब्लगका लागि खासै विषय पाइरहेको छैन। त्यसो त अहिले दसैंपछिका दिनमा समाचारहरु पनि खासै छैनन्। यत्तिकैमा इमेलमा कुमार लामा नामका ब्लग पाठकको मेल आइपुग्यो। त्यसमा एउटा प्यारोडी रहेछ। उहाँलाई म व्यक्तिगत रुपमा चिन्दिनँ। तर सार्‍है हँसीमजाकिया स्वभावको हुनुहन्छ जस्तो लाग्छ। सुरुमा पठाउनुभएको एउटा फोटो हेर्दा खुबै हाँसो उठेको थियो। उहाँ आफ्नो नाम पनि इमेलमा लेख्दा नन कुमार लामा भनेर लेख्नुहुन्छ। शायद आफू कुमार छैन भनेर झ्याली पिट्न यसो गर्नुभएको होला। आज उही नन-कुमार लामाको प्यारोडी पढ्न चाहनुहुन्छ भने भित्र आउनुहोला…… (more…)

September 25, 2005

गरिबहरुले यसरी नै मर्नुपर्ने हो त ?

२०६२ असोज ९, आइतबार
आज पनि राजनीतिका समाचारहरु छन्। केही महत्त्वपूर्ण समाचार पनि छन्। माअ‍ोवादीको एकपक्षीय युध्दविरामका बीच सुरक्षा कारबाहीमा ८ माअ‍ोवादीको मृत्यु भएको खबर पनि छ। तर मलाई आज सबैभन्दा मुटु छुने समाचार भने यही भयो, अस्पताललाई बुझाउने पैसा नभएपछि एउटी सुत्केरी महिलाले दश दिनको शिशुलाई छोडेर पाटन अस्पतालको छतबाट हाम्फाली आत्महत्या गरेको। (more…)

राजनीतिक चलचित्रहरुमा शाही सरकारको प्रतिबन्ध

सरकारको आँखा अब राजनीतिक विषयवस्तुमा बनेको चलचित्रहरुमा पनि पर्न थालेको छ। भारतको इन्डो एसियन न्युज सर्भिसको समाचार अनुसार हाम्रो सरकारले विभिन्न चलचित्रहरुको प्रदर्शनमा रोक लगाएको छ। ती मध्ये तुलसी घिमिरेको बलिदान, नारायण पुरीको आगो र गणेशमान सिंह प्रतिष्ठानद्वारा निर्मित वीर गणेशमान अनि प्रकाश सायमीको हतियार रहेका छन्। (more…)

September 17, 2005

न्युयोर्कमा प्रदर्शन गर्ने नेपालीहरु, बधाई छ !

मकरतन्त्रको विरोधमा विशाल प्रदर्शन
२०६२ असोज १ शनिबार

हैन, भ्रमण स्थगित भएको भनेको हैन र, फेरि यो श्रीपेच लगाएर को आएछन् त न्युयोर्कमा ? मकरतन्त्रलाई व्यङ्ग्य गर्ने एक नेपालीको अनौठो शैली। तस्वीर सौजन्यः गिरिश दाइ।
[एक सहभागीले आफूलाई राजा ज्ञानेन्द्रको रुप दिएर अगाडि उभिएका र उनलाई कार्यक्रमको अन्तिममा श्रीपेच खोलेर, जंजीरले बाँधी लडाएर दरवारविहीन बनाइएको थियो । श्रीपेचधारी राजाले अन्तमा जीवनयापन गर्नका लागि गाइने भएर पैसा उठाउँदै गरेका प्रदर्शनलाई उपस्थित जनसमूहले निकै रोचक मानेका थिए……अपडेट गरिएको थप समाचार भित्र छ]
न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्य कार्यालय भवनबाहिर नेपालीहरुले मकरतन्त्रको चर्को विरोध गरी लोकतन्त्र र शान्तिको पक्षमा आफ्नो ऐक्यवध्दता व्यक्त गरे। बधाई छ, तपाईँहरुलाई हामी सम्पूर्ण स्वदेशमा बसेका नेपालीहरुका तर्फबाट, तपाईँहरुको प्रदर्शनले पक्कै पनि मकरतन्त्रको मुटुमा ढ्याङ्ग्रो ठोक्ने काम गरेको होला। र्‍यालीमा भएका रोचक घटनाहरु प्रतिक्रियामा लेखिपठाउनु भए हामी पाठकलाई रमाइलो हुने थियो। र्‍यालीका थप तस्वीरहरुका लागि भित्र आउनुहोला। यी तस्वीरहरु अमेरिकास्थित पत्रकार गिरिश दाइको सौजन्यबाट प्राप्त भएको हो। उहाँलाई धेरै-धेरै धन्यवाद। बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.