January 31, 2006

स्वास्नीले समेत भोट नदिने भएपछि रोए मेयरका उम्मेदवार

द ग्रेट नेपाली कमेडी सो बन्न पुगेको नगर निर्वाचनका ‘जोकर’ उम्मेदवारहरुको बारेमा विभिन्न पत्रपत्रिकाहरुमा समाचार पढ्न पाइएकै थियो, आज स्वतन्त्र समाचार सेवाको एउटा समाचार हेरेपछि त बिचराहरु कति दयनीय अवस्थामा रहेछन् भन्ने पनि बुझियो। जनकपुरमा मेयर बन्न उठेका रमन सिंहलाई आफ्नै पत्नीले समेत मत नदिने भनेपछि बिचरा धुरुधुरु रोएछन्। (more…)

January 24, 2006

बल्ल भेटियो निर्वाचनको पर्चा

२०६२ माघ ११, मंगलबार
नामै न- गर भएको निर्वाचन गराउन खोज्ने सरकारको जिद्दी देखेर जिल खाएको म निर्वाचन हुन धेरै दिन बाँकी नहुँदा पनि निर्वाचनको एउटै पर्चा नभेटिँदा छक्क परेको थिएँ। तर आज न्युरोड जाँदा यो पहेँलो पर्चा भेटेँ। तपाईँहरुका लागि मैले यो पर्चाको तस्वीर खिचेर राखेको छु। पर्चा अलि लामो भएकोले भित्र राखेको छु। हेरिसकेपछि प्रतिक्रिया लेख्न नभुल्नु है त। बाँकी (more…)

January 23, 2006

स्वेच्छाचारी राजाविरुध्दको ‘गुगलबम्बिङ’ सफल

२०६२ माघ १०, सोमबार
निरंकुश र स्वेच्छाचारी राजाविरुध्द मेरो संसारको पहलमा झण्डै एक महिना अगाडि भएको गुगलबम्बिङ प्रोजेक्ट सफल भएको छ। अब तपाईँ गुगलमा गएर Autocrat king सर्च गर्नुभयो भने हामीले चाहेकै परिणाम पहिलो नम्बरमा देखिनेछ। यो प्रोजेक्ट सफल पार्न सहयोग गर्नुहुने देशविदेशका सम्पूर्ण लोकतन्त्रवादीहरुलाई बधाई छ। हेर्दा सामान्य लागे पनि यो एउटा सांकेतिक विजय हो निरंकुशताविरुध्द !

January 10, 2006

यस्तो छ श्रमजीवी पत्रकारको अवस्था

bindukanta

October 22, 2005

छोराको नामै गुगल !

२०६२ कात्तिक ५ शनिबार
गुगल भनेको के हो तपाईँलाई थाहा छ ? यो सर्च इञ्जिनको नाम हो भन्ने त सबैलाई थाहा छ तर गुगलको अर्थ के हो ? सय वटा शून्यको अगाडि रहेको १ लाई गुगल भनिन्छ। तर गुगल ब‌्राण्डले यति ख्याति पाएको छ कि स्वीडेनका एक दम्पतीले आफ्नो छोराको नामै गुगल राखिदिएछन्। गुगलपुत्रको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्।

October 16, 2005

ग्ल्यामरस मोडल पूजा लामाद्वारा विषपान

२०६२ असोज ३० आइतबार

नेपालमा ग्ल्यामरस मोडलिङमा नयाँ रेकर्ड नै राख्ने (प्रमाणः सँगैको फोटो) मोडल पूजा लामाले आज विषपान गरेकी छिन्। किन गरिन्, कसरी गरिन्, हाल कहाँ छिन् त्यस बारेमा तत्काल मलाई केही थाहा हुन सकेको छैन।

पूजा लामा ग्ल्यामर मोडल मात्रै हैनन्, केही चलचित्रकी नायिका, केही टेलिभिजन कार्यक्रमकी प्रस्तोता र गीतसमेत गाइसकेकी गायिका हुन्।

दार्जीलिङमा जन्मिएर कर्मभूमि नेपाल बनाएकी पूजाले केही म्युजिक भिडियो र केही विज्ञापनहरुमा समेत काम गरेकी छिन्। तर सबैभन्दा चर्चा भने साइबर नेपाल (हाल नाम परिवर्तन गरेर साइबर संसार बनेको) नामको नेपालमा ग्ल्यामर मोडलिङको नयाँ ढोका खोल्ने साइटमा गरिएको यस्तो बोल्ड फोटो सेसन कै भयो। भलै, अहिले त्यो साइटमा गएर हेर्दा उनका यी फोटोहरु देखिने छैनन्। (सँगैको फोटो र यो फोटो त मैले उही बेला सेभ गरेर राखेको पो त!)यी फोटो किन हटाइएका हुन्, उनीहरु नै जानुन्। सुनेको कुरा गर्ने हो भने त त्यो फोटो सेसनमा प्रकाशित फोटोहरुभन्दा पनि “बोल्ड” फोटो खिचिएका थिए रे। अब यो भन्दा पनि “बोल्ड” भने पछि तपाईँ अनुमान लगाउनुस् कस्तो होला ?

पूजा लामाको कुरा सुनेपछि मलाई साइबर नेपालकी अर्की मोडल कोहिनूर सिंहको याद आयो। हाल उनी आनी बनेकी छिन्। एक मोडल आनी, अर्कीद्वारा विषपान….भो, अब चाहिँ यस्तो खबर सुन्न नपरोस्, कि कसो ?
[अपडेटः(असोज ३१) आज प्रकाशित नेपाल समाचारपत्रका अनुसार, उनले शनिबार १८ वटा सिटामोल र संख्या खुल्न नसकेको मात्रामा निद्रा लाग्ने अ‍ौषधि खाएकी थिइन्। उनलाई तत्काल वीर अस्पतालको आईसीयुमा लगिएको थियो। उनको उपचार भइरहेको र हाल उनी खतरामुक्त रहेको बताइएको छ। कान्तिपुर अनलाइनले पनि यो समाचार दिएको छ जसलाई ब्लगका एक पाठक निलन थेच्वमीले तल प्रतिक्रियामा साभार गर्नुभएको रहेछ। समाचारपत्रको अनलाइन संस्करणमा भने यो समाचार राखिएको छैन]

October 4, 2005

राजाको ‘निर्माण हुँदैछ’

The King is Under Construction
२०६२ असोज १८ मंगलबार
असोज १८ अर्थात् ०४६ सालको आन्दोलनबाट प्राप्त जनअधिकार खोसिएको दिन। माघ १९ को कूको जग हाल्ने दिन। माघ १९ पछि सरकारी काम छिटोछरितो भो रे भन्ने सुनिएको थियो। तर आज सरकारको आधिकारिक साइटमा गएर हेर्दा त्यस्तो दावीमा कति दम रहेछ भन्ने देखियो। नेपाल सरकारको, हैन ब्यारे, यसलाई श्री ५ को सरकार भन्नुपर्छ, जे होस्, सरकारको एउटा आधिकारिक साइट छ, नेपालएचएमजी डट गभ डट एनपी। त्यहाँ गएर हेर्दा त राजालाई नै अण्डर कन्सट्रक्सनमा राखिएको रहेछ। शाही प्रोफाइल शीर्षकको लिंकमा राजाको व्यक्तिगत विवरणसमेत तुरुन्तै अपडेट गर्न नसक्ने यस्ता सरकारी कर्मचारीहरुबाट जनताका काम छिटोछरितो भयो होला त ? राजा र रानीलाई समेत महिनौंसम्म अण्डर कन्सट्रक्सनमा राख्न सक्ने यो पेज बनाउने जिम्मा कुन चाहिँ साहसी सरकारी कर्मचारीले लिएका हुन् कुन्नि ? सरकारको आधिकारिक साइटमा गएर आफ्ना राजारानीको बारेमा सर्वसाधारणले जान्नसमेत नपाउने ? अंग्रेजीमा भने रहेछ प्रोफाइल। त्यति अंग्रेजीबाट नेपालीमा अनुवाद गरेर पनि राख्न किन ढिलासुस्ती हो यतिविघ्न ? अनुवाद गर्ने मान्छे नपाएको भए म निःशुल्क अनुवाद गरिदिन तयार छु। यो साइटमा दायाँतिर राखिएको लेजिस्लेटिभ लेखिएको शीर्षकमा राखिएको संसद र राष्ट्रिय सभामा क्लिक गरेर हेर्नुस् त…..संसद नै गायब छ। प्रतिनिधि सभा त भंग भएकै छ, राष्ट्रिय सभा त स्थायी सभा हो। यसको बारेमा त केही जानकारी राख्नुपर्ने हैन र ? (more…)

July 25, 2005

मन्त्रालयभित्रै रासलीला

बलिउड अभिनेत्री मनीषा कोइरालाका पिता प्रकाश कोइराला मन्त्री रहेको वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयभित्र दिउँसै यौनकर्म हुनथालेको समाचार नेपालभाषाको दैनिक सन्ध्या टाइम्सले आज प्रकाशित गरेको छ। (more…)

खेलकूद मन्त्रीको खेलज्ञान

मणी दाहालबाट
कुरा हिजैको हो, जीउडाल हेर्दा सुमो रेस्लर जस्ता देखिने हाम्रा शिक्षा तथा खेलकुद मन्त्री राधाकृष्ण मैनालीको खेलकुदको विषयमा जानकारी देखेर म कम्ती हैरानीमा परिनँ । नेपाल लन टेनिस संघले आयोजना गरेको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि पर्खी बस्दा होटलको लबीमा नेपालका एक से एक खेल पदाधिकारीहरुको जमघट भएको थियो । खेलकुद मन्त्रीजीको मुखबाट कुरा खुस्किहाल्यो, “हैन हो यो लङ्ग टेनिस कसरी खेलिन्छ हँ, टेबलमा खेलिन्छ हो?
परेन फसाद! नेपालको खेलकुदको प्रमुख जिम्मेवारी लिएर बसेको मानिसको खेलकुदको ज्ञानको दिवालियापन देखेर म त तीनछक्क परेँ। खेलकुद पदाधिकारीले सम्झाउन थाले, “हैन हजुर, यो लङ्ग टेनिस हैन, लन टेनिस हो” उनले अझ प्रष्ट पार्दै खेलकूद मन्त्रीलाई “यो टेबलमा हैन- भुइँमै खेलिन्छ” भनेर बुझाए। मन्त्रीजीले कति बुझ्नु भो थाहा छैन । तर एउटा कुरो चैं पक्कै बुझियो, नेपालका खेलकुदका ‘टाउके’ व्यक्तिको खेलकुदको जानकारीमा कति रहेछ! यस्ता मकरतन्त्रे मन्त्रीहरुले खेलकुदको कसरी विकास गर्लान्, तपाईँ आफै सोच्नुस्।

(सहकर्मी मणीले आफ्नै ब्लग हेलो नेपाल पनि चलाएका छन्)

July 19, 2005

ग्ल्यामर मोडल आनी बनिन्

Kohinoor
२०६२ साउन ४ मंगलबार
नेपालका एक टप ग्ल्यामर मोडल कोहिनूर सिंह चमकदमकको संसार छाडेर आनी बन्न पुगेकी छिन्। उनको नाम अब आनी लोसाङ डोल्मा रहन पुगेको छ। नेपालमा इन्टरनेटमा ग्ल्यामर फोटोग्राफी सुरु गर्ने पहिलो साइट साइबर नेपालकी पहिली ग्ल्यामर मोडल कोहिनूरले टेलिभिजनमा कार्यक्रम प्रस्तोताका साथै केही म्युजिक भिडियोहरुमा समेत काम गरेकी थिइन्। उनले काम गरेका म्युजिक भिडियोमा नवीन भट्टराईको “ए झरी”, “शायद तिमी नै हौ…. ” आदि छन्। साइबर नेपालले आनीसितको अन्तर्वार्ता पनि छापेको छ जसलाई तपाईँ यहाँ क्लिक गरी हेर्नसक्नुहुन्छ। अन्तर्वार्तामा उनले हालै एकपटक स्वयम्भुमा जाँदा दिनभर आफूलाई सरल र हलुका महसूस गरेपछि आनी बन्ने निर्णय गरेको बताएकी छिन्।

June 17, 2005

माइकल ज्याक्सनको चित्रमा चमत्कार ?

२०६२ असार ३ शुक्रबार
Jackson Face
इन्टरनेटमा जोक गरेर चर्चा पाउन चाहनेहरुको कमी छैन। शायद त्यस्तै एउटा उपाय हुनसक्छ यो। भयो के भने लिलामीका लागि विश्वप्रख्यात एउटा साइट इबेमा एक जनाले माइकल ज्याक्सनको अनुहार अकस्मात देखापरेको टोस्ट बिक्रीमा राखेका रहेछन्। यसै साता ज्याक्सनलाई अदालतले दोषी नभएको ठहर गरेकै बेला आफ्नो टोस्टमा त्यस्तो आकृति देखापरेको दाबी ती विक्रेताले गरेका छन्। मलाई जस्तै तपाईँलाई पनि यसको यो कुरामा पटक्कै विश्वास लागेन होला। तर के गर्नु, उनको त्यो बिक्रीमा राखिएको सामान हेर्न साइटमा भिजिटरहरुको अ‍ोइरो लागेको छ। यसअघि पनि एक महिलाले भर्जिन मेरीको आकृति टोस्टमा देखिएको दाबी गर्दै यही साइटमा बिक्रीका लागि राखेकी थिइन् र तपाईँ पत्याउनु हुन्छ, त्यो टोस्ट झण्डै २० लाख रुपैयामा बिकेको थियो !
त्यो मान्छेको हावा गफको अनुमान तपाईँ यसबाट पनि लगाउनसक्नुहुन्छ कि टोस्टमा माइकल ज्याक्सनको मात्र हैन, उनका वकील थमस मेसेरियुको पनि अनुहार देखापरेको रे। अनि ज्याक्सनको टोस्ट किन्नेलाई त्यो टोस्ट निःशुल्क दिइने रे।
वकीलको अनुहार देखिएको टोस्टको तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोला।

June 12, 2005

यस्तो पनि विरोध प्रदर्शन !

२०६१ जेठ २९, आइतबार
तपाईँ पैदल यात्रु हुनुहुन्छ वा साइकल चालक हुनुहुन्छ भन् तपाईँले अनुभव गर्नुभएको होला कति हेप्छन् हामीलाई अरु गाडी चलाउनेहरुले । हेपाइको मात्रा फरक हुन्छ । पजेरो चढ्नेले सार्‍है हेप्छन् त कार चढ्नेले त्यसको तुलनामा अलि कम । तर हेप्न चाहिँ हेप्छन् है मोटरसाइकल चढ्नेले पनि । ठूला गाडी ट्रक, बस चालकको पनि फूर्ति नै बढी हुन्छ ।
यस्तो हेपाइ हामीकहाँ मात्र हैन रहेछ, पश्चिमी देशमा पनि रहेछ । स्पेनमा पनि यस्तै हेपाइले दिक्क भएकाहरुले विरोध प्रदर्शन गरेछन् । विरोध प्रदर्शन पनि अचम्मको । हेर्नुस् त यहाँ गएर। यहाँ गएर। उनीहरुले नांगै साइकल चलाएर विरोध गरेछन् । यस्तो विरोध प्रदर्शन एक ठाउँमा हो र, राजधानी म्याड्रिड, जारागोजा, पाम्प्लोना, बार्सिलोना र हुसेका गरी पाँच सहरमा एकै पटक भएको रहेछ । आरागोन साइक्लोन्युडिस्ट नामको समूहले यसको आयोजन गरेको रहेछ । उनीहरु साइकल चलाउनेहरुलाई क्र्यास हेल्मेट लगाउनु पर्ने नियम र कार चलाउनेहरुले गर्ने हेपाइको विरोध गर्दै थिए । पैदल यात्रु र साइकल चालकहरुलाई सडकमा बढी ठाउँ दिइ सहरलाई बढी मानवीय र बस्न लायक ठाउँ बनाउनु पर्ने उनीहरुको माग रहेछ । यसो गर्दा वातावरणलाई पनि फाइदा हुने उनीहरुको दाबी रहेछ ।
उनीहरुले जुलुससितै लगाएका नारा यस्ता थिए, ट्राफिकविरुध्द नाङ्गा एकता जिन्दाबाद जिन्दाबाद, यो सहर हाम्रै हो हाम्रै हो…………..

April 29, 2005

बंकरमा लुक्न बाध्य बुस

२०६२ वैशाख १६ शुक्रबार
आतंकवादविरुध्द युध्द छेडी विश्वलाई सुरक्षित बनाएको दावी गर्दै आएका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस आफ्नै देश र आफ्नै निवासमा कतिसम्म असुरक्षित र त्रसित अवस्थामा रहन्छन् भन्ने कुराको पुष्टि यो हप्ता भएको छ ।
भयो के भने गत बुधबार राजधानी वासिङटनको उडान निषेधित क्षेत्रमा एउटा विमान पसेको खबर आयो । त्यसपछि तत्काल सुरक्षा सतर्कता अपनाइयो । राष्ट्रपति भवनमा ठूलो हलचल मच्चियो । राष्ट्रपति बुसलाई उहाँकै कार्यालयबाट एक भूमिगत बं‍करतर्फ लगियो । (more…)

April 26, 2005

जोर्डनको स्तनको चर्चा

२०६२ वैशाख १४

पश्चिमतिर गजब-गजबका कुरा हुन्छन् । खानलाउन टन्न पुगेकै हुन्छ, अनि नानाथरि उट्पटयाङ गर्दै हिंड्छन् उनीहरु । यस्ता उट्पट्याङे कुराहरुलाई मैले “यस्तो पनि हुन्छ” श्रेणीमा समेट्ने जमर्को गरेको छु । (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.