January 24, 2006

बल्ल भेटियो निर्वाचनको पर्चा

२०६२ माघ ११, मंगलबार
नामै न- गर भएको निर्वाचन गराउन खोज्ने सरकारको जिद्दी देखेर जिल खाएको म निर्वाचन हुन धेरै दिन बाँकी नहुँदा पनि निर्वाचनको एउटै पर्चा नभेटिँदा छक्क परेको थिएँ। तर आज न्युरोड जाँदा यो पहेँलो पर्चा भेटेँ। तपाईँहरुका लागि मैले यो पर्चाको तस्वीर खिचेर राखेको छु। पर्चा अलि लामो भएकोले भित्र राखेको छु। हेरिसकेपछि प्रतिक्रिया लेख्न नभुल्नु है त। बाँकी (more…)

October 14, 2005

तिम्रा पाउहरुमा म सँधै झुकिरहन्छु….

२०६२ असोज २८ शुक्रबार

माथिको गीत स्वर्गवासी महारानी ऐश्वर्याको चाँदनी शाह उपनामबाट रचिएको थियो। दशैं पहिले पनि धेरै आए, गए तर यसपालि जस्तो महाराजको जुत्ता लगाएको खु्ट्टामा वडामहारानीले ढोग दिएको यस्तो तस्वीर देखिएको थिएन। नारीवादीहरुको के प्रतिक्रिया छ यसमा कुन्नि ? उनीहरु त नारी पाउमा सजिने वस्तु हैनन् भन्दै कुर्लन्छन्। अझ चरित्रहीन चेली जस्ता एडभान्स समूहसमेत गठन भएको थियो रे भन्ने सुनिएको थियो। आजभोलि त उनीहरु हराए क्यार। अरु नारीवादीहरुको भए पनि सुन्न पाए हुन्थ्यो के रहेछ विचार…तर कसरी थाहा पाउने ? यो साइटमा त तपाईँ पुरुषवादीहरु मात्र भिजिटर छन् जस्तो लाग्छ…(तस्वीर साभारः दि हिमालयन टाइम्स)



Your Ad Here

October 5, 2005

लामो केश, कति वेश ?

Image Hosted by The Image Hosting
काठमाडौंको वातावरण दशैंमय हुन थालिसक्यो तर मेरो लागि भने दशैं अझै आइसकेको छैन। ‘सकारात्मक संकेत’सम्म देखिएको छैन। त्यसो हो भने त योगेश्वर अमात्यले जस्तो दशैं नै हो कि यो मेरो दशा..फर्कि आएको…भनेर गीत गाउँदै हिँड्नु पर्ला। दशैंका कारण आन्दोलन स्थगित भएको छ। अनि सडकका घटनालाई ‘जस्तो देख्यो त्यस्तै’ ब्लग गर्ने मौका पनि गुमेको छ। फर्केर हेर्दा त मैले राजनीतिसम्बन्धी धेरै नै ब्लग गरिसकेको पो रहेछु त। त्यसैले अब दशैंभर फरक विषयहरुमा ब्लग गर्ने भनी सोचेको छु। मेरो धेरै कम सोचाइमात्र कार्यान्वयन हुन्छन्। हेरौँ के हुन्छ…। केही दिन अगाडिदेखि नै मैले फरक विषयमा लेख्न थालिसकेको छु। आज पनि त्यसै गर्छु भन्ने सोचेर यसो साइबर संसारमा चहार्दै गर्दा एउटा रोचक साइट भेटियो, लामा केश हुने युवतीहरुको। आम्मामा…कति लामा हो केश पनि ! भियतनामी साइट रहेछ यो, त्यसैले भियतनामी केटीहरुको अनुहार त्यति राम्रो वा भनौं हेरुँ-हेरुँ लाग्ने थिएन। यो साइटमा सबै फोटो र भिडियो हेर्न महिनाको १५ डलर शुल्क तिर्नुपर्छ रे। शुल्क तिर्ने कुरा छाडिदिउँ…हामी त्यसो गर्न सक्दैनौं। बरु त्यहाँ रहेका केही फोटोहरु हेर्ने हो भने भित्र आउनुस्। बाँकी (more…)

August 27, 2005

नारायण, नारायण……


गिरिजाको बोली अकस्मात् फेरिन थाल्यो भन्ने चर्चा सहरमा चल्न थालेकोले होला आज आयोजित एक कार्यक्रममा उहाँले अलि फरक भाषा प्रयोग गर्नुभयो, प्रजातन्त्रका लागि म कसैसँग सम्झौता गर्दिनँ। उहाँले थप्नुभयो, विश्वास गर्नुस्, यो उमेरमा मसित कुनै लोभ लालच बाँकी छैन। पूर्ण प्रजातन्त्र भनेको गणतन्त्रको बोर्डरलाइन हो भन्दै उहाँले अहिलेको परिस्थिति निर्माण हुनुमा राजा नै जिम्मेवार भएको आरोप पनि लगाउनु भयो। प्रतिनिधिसभा पुनर्स्थापनाको संकेत आएकोले आन्दोलन शिथिल र बोली नरम बनाएको आरोप उहाँमाथि लाग्दै आएको थियो। यसअघिको कार्यक्रममा उहाँले लोकतन्त्र र गणतन्त्र मलाई थाहा छैन भन्नुभएको थियो। बाँकी (more…)

August 25, 2005

फोटो ब्लगः चर्कँदो विद्यार्थी आन्दोलन


स्कूल जान छाडेर आन्दोलनको आगो दन्काइरहेको एक बालक। तस्वीरः ध्रुव आले

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृध्दिपछि दिनहुँ राजधानीका विभिन्न क्याम्पस अगाडि प्रहरी र विद्यार्थीबीच भिडन्त हुने गरेको छ। दिनहुँ क्याम्पस अगाडिका सडक विद्यार्थीहरुले टायर जलाएर अवरुध्द पार्छन् र त्यसलाई खुलाउन प्रहरीले अश्रुग्यास प्रहार गर्छ। प्रस्तुत छ फोटो ब्लग। यी फोटोहरु फोटो पत्रकार ध्रुव आलेको सौजन्यबाट प्राप्त भएको हो। बाँकी (more…)

August 16, 2005

तस्वीर आफै बोल्छ


आज (साउन ३२) आयोजित नागरिक धर्नामा देखिएको दृश्य। तस्वीरः उमेश

July 13, 2005

तस्वीर आफै बोल्छ

Guess Who ?
स्थानः वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र, काठमाडौं
मितिः २०६२ असार २७ सोमबार
कार्यक्रमः राष्ट्रिय चलचित्र महोत्सव उद्‍घाटन समारोह
के गरिँदैछ? श्री ५ वडामहारानीलाई अ‍ौपचारिक कार्यक्रममा संभवतः पहिलो साष्टाङ्ग दण्डवत
थपडी मारेर हाँस्दै मनोरञ्जन गर्नेहरु को ? बायाँबाट क्रमशः सञ्चार सचिव लोकमानसिंह कार्की, सरकारको माइक अर्थात् प्रवक्ता सूचना तथा सञ्चारमन्त्री टंक ढकाल, चलचित्र विकास बोर्डका अध्यक्ष शम्भुजीत बाँस्कोटा, अंगरक्षक र चलचित्रकर्मी विष्णुगोपाल श्रेष्ठ। दण्डवत गर्ने चाहिँ प्रख्यात नायक हुन्। को हुन् उनी गेस गर्दै गर्नु। यो तस्वीरलाई ठूलो पारेर हेरेर चिन्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस्। उनको नामका लागि भित्र आउनुहोला। (more…)

June 22, 2005

तस्वीर आफै बोल्छ

Giri Search on Google

June 3, 2005

तस्वीर आफै बोल्छ

US Embassy
स्थानः अमेरिकी दूतावास, काठमाडौं

May 13, 2005

मै छोरी सुन्दरी !

२०६२ वैशाख ३१ शनिबार
Sundariमै छोरी सुन्दरी भनेर ब्लगको शीर्षक राखेको देखेपछि नै अनुमान लगाउनु भयो होला कि यी मैंया कुनै प्रख्यात व्यक्तित्व कै छोरी हुनुपर्छ भनी ।

हजुर तपाईँको सोचाइ १६ डलरै ठीक छ । १६ डलर ? के भन्या यो ?? डलरको जमानामा के आउटडेटेड आनाको कुरा गर्ने भनेर डलर भनेको हुँ । अब यो सोर्‍है आना भन्ने उखानलाई बदल्नु परेको छ । डलर नभए युरो, पाउन्ड भने पनि हुन्छ ।
त्यति पनि नभए रियाल, वन आईसी भने पनि हुन्छ । गाग्राको कुरा आग्रामा पो पुगेछ । सुन्दरी कसकी छोरी हुन्, अनुमान लगाउनुस् । बाँकी फोटो र उनको बाबुको नामभित्र छ । बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.