भोलि राजाको सम्बोधनमा के आउला ?
राजाले आफूले शासन सत्ता हातमा लिएको एक वर्ष पुगेको दिन भोलि बिहान ९ बजे विशेष सम्बोधन गर्ने समाचार सार्वजनिक भएपछि अनुमानको बजार तातिएको छ। कतिले अनुमान गरिरहेका छन्, एक वर्षअगाडिको भन्दा कडा कदम चालिन सक्छ। कोही भन्छन्- राजमुकुट नै खतरामा पर्ने भएकाले राजाले केही सम्झौताको बाटो अंगाल्न सक्छन्। के होला त भोलि ? (more…)


अपडेटः दोस्रो अंश पनि भित्र अपडेट भइसकेको छ। दोस्रो अंशमा मेरो क्यामेरामा पानीको फोहोरा लाग्दाको दृश्य पनि देखिन्छ।
ती बिचरा लोकतान्त्रिक स्रष्टाहरुले के त्यस्तो अपराध गरेका थिए र उनीहरुलाई त्यसरी दमन गर्दै गिरफ्तार गर्नुपर्थ्यो ? उनीहरु कवितामात्रै त भन्दै थिए। त्यहाँ केही उग्र प्रहरीहरुले स्रष्टाहरुमात्रै हैन, पत्रकारहरुलाई पनि दुर्व्यवहार गरे। पत्रकार टंक पन्त र प्रकाश सिलवाललाई भ्यानमा कोचे। साथी मणिले समेत एक लाठी खाएछ। देउडा गायक नन्दकृष्ण जोशी “हामी तपाईँहरु कै लागि संघर्ष गरिरहेका छौं” भनी प्रहरीलाई सम्झाउँदै थिए। कठालो समातेर भ्यानतिर तानिँदै गर्दा लोकतन्त्रवादी कवि अर्जुन पराजुली कराउँदै थिए- कुनै घरको भित्तो फोरिएन, कुनै बैंक लुटिएन, कुनै मूर्ति चोरिएन…स्रष्टाहरुमाथि लाठीसमेत बर्साइयो। भिडियो ब्लग हेर्न भित्र आउनुहोला। 
अपडेट २: कोइराला निवासमा बसेको सात दलको बैठकले सरकारी प्रतिबन्धको निन्दा गर्दै माघ ७ को कार्यक्रम जसरी पनि सफल पार्ने प्रतिवध्दता व्यक्त गरेका छन्। एमाले महासचिव माधव नेपालले राज्यले जस्तोसुकै दमन गरे पनि कार्यक्रम गरेरै छाड्ने भन्दै शान्तिपूर्ण आन्दोलनविरुध्द सरकारले युध्द घोषणा गरेकोले अझ उच्चस्तरको कार्यक्रम घोषणा गर्ने बताए। काँग्रेस नेता अर्जुन नरसिंह केसीले सात दलले हिंसाको विरोध गर्ने बताउँदै १२ बूँदे सहमतिप्रति प्रतिवध्द रहेको बताए। 



