December 29, 2005

निरंकुशताविरुध्द “गुगलबमवर्षा” गर्ने कि !

राजाको निरंकुश शासनविरुध्द सडकमा आन्दोलन जारी नै छ, अब हामी साइबर संसारमा पनि आन्दोलन थाल्ने हो कि ?

अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस समर्थक र विरोधीहरुले प्रख्यात सर्च इञ्जिन गुगलको सहायतामा एउटा अनौठो युध्द लडेका थिए, जसलाई गुगलबम्बिङको संज्ञा दिइएको थियो। निरंकुशताका विरुध्द हामी पनि गुगलबम्बिङ गर्ने हैन त ? (more…)

December 22, 2005

नेपाली लिनक्सः नेपालीनक्स चलाउने हैन त

Screenshot२०६२ पुस ७, बिहीबार
दुई वर्षको मेहनतपछि लिनक्सको नेपाली संस्करण नेपालीनक्स सार्वजनिक त भयो, तर पाइरेटेड “झिल्के” सफ्टवेयर चलाउने बानी भएका हामीजस्ता मध्ये कतिले सोझो पाराको “लुक” देखिने यसको प्रयोग गर्लान् त ? आज आफ्नै कम्प्युटरमा नेपालीनक्स पहिलो पटक चलाएर हेर्दा यसप्रति रहेको उत्सुकता, जिज्ञासा एक घण्टामा नै धेरै हदसम्म हरायो र मेरो प्रारम्भिक निश्कर्ष रह्यो- नेपालीनक्स अहिलेको लागि मेरो लागि हैन। भविष्यमा सुधार भएपछि यसको प्रयोग गर्छु होला, तर अहिलेलाई बिल गेट्सले सरापे पनि पाइरेटेड माइक्रोसफ्ट विण्डोज नै म चलाउनेछु। (more…)

October 28, 2005

मेरो ब्लगको मूल्य


My blog is worth $1,129.08.
How much is your blog worth?

आज एउटा रमाइलो साइट भेटियो। यो साइटका अनुसार मेरो ब्लगको मूल्य $1,129.08 रहेछ। तपाईँ पनि आफ्नो ब्लगको मूल्य हेर्न चाहनुहुन्छ भने माथिको लिङ्कमा क्लिक गर्नुस्।

October 23, 2005

कान्तिपुर एफएमको साइटमा सरकारी प्रतिबन्ध ?

अपडेट २ सरकारले प्रतिबन्ध लगाएको हैन जस्तो लाग्यो। साउदी अरबका एक पाठकले भर्खरै च्याटमा त्यहाँ पनि साइट नखुलेको जानकारी दिए। कान्तिपुरले नै झूर सर्भरमा होस्ट गरेको जस्तो छ यो साइट। (राति ९ बजे)
अपडेट १ कान्तिपुर दैनिकको अन्तिम पृष्ठमा आधा पेज ढाकिने एफएमको साइटको विज्ञापन अहिले साँझ देखेपछि शंका लाग्यो- कतै सरकारले यो साइटमाथि प्रतिबन्ध लगाएको त हैन ? www.kfm961.com टाइप गर्दा मेरो वर्ल्डलिंकको इन्टरनेटबाट अझै पनि पेज खुल्दैन। तर प्रोक्सी साइटबाट चलाएर हेर्दा भने खुल्यो। यद्यपि साइट निकै ढिला खुलिरहेको छ। प्रोक्सीबाट खुल्ने, सिधै नखुल्ने त प्रतिबन्ध लगाइएका साइटहरुमा मात्र हुने गर्थ्यो। यद्यपि, साइट होस्टिङमा खराबी भएको पनि हुनसक्छ। विदेशमा यो साइट खुल्छ कि खुल्दैन, कमेन्टमा लेख्नुस् है ! (साँझ ७ बजे)

“लञ्च”पछि पनि खुलेन कान्तिपुर एफएमको साइट
२०६२ कात्तिक ६ आइतबार
आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा कान्तिपुर एफएमले हिजो राति एफएम र टेलिभिजनमा एक साथ एक भड्‍‍किलो उत्सव लाइभ प्रसारण गरेको थियो। आरजेहरु अंगालो हाल्दै नाच्दै राति सामान लुट्न आउने सरकारलाई गिज्याइरहेका थिए। गायकगायिकाहरुले गीत गाएका थिए। अनि त्यही कार्यक्रममा एफएमका अध्यक्ष हेमराज ज्ञवालीले देशविदेशका स्रोताहरुका लागि भन्दै ल्यापटपमा बटन थिचेर कान्तिपुर एफएमको अफिसियल साइट लञ्च गरेका थिए। साइबरका बारेमा आरजेहरुको ज्ञान कतिको रहेछ भनेर त त्यति बेला नै देखियो। आरजे भन्दै थिए, कान्तिपुर एफएमको आधिकारिक साइट kfm961.com.np तर लञ्चपछिको प्रोमोमा भनियो kfm961.com मात्रै। वेब एड्रेसमा एउटा अक्षरमात्र यताउता भए पनि पेज खुल्दैन भन्ने ज्ञान नै रहेनछ उनीहरुमा। लञ्चपछि कस्तो रहेछ त साइट भनी हेरौं न भनेर हेर्दा दुवै एड्रेसमा पेज खुलेनन्। kfm961.com.np त दर्ता नै भएको रहेनछ, मर्कण्टायलको एनपी डोमेन सर्च गरी हेर्दा। kfm961.com पनि यी शब्द टाइप गरिरहँदा अपराह्न साढे १ बजेसम्म खुलेको छैन। साइट बनेकै छैन भने लञ्च गर्न किन हतार भएको हो ? कि अस्ति प्रहरीले सामान लुटेर लाँदा साइट चलाउन चाहिने कुरा पनि लुटेर लगेका हुन् ???

October 22, 2005

छोराको नामै गुगल !

२०६२ कात्तिक ५ शनिबार
गुगल भनेको के हो तपाईँलाई थाहा छ ? यो सर्च इञ्जिनको नाम हो भन्ने त सबैलाई थाहा छ तर गुगलको अर्थ के हो ? सय वटा शून्यको अगाडि रहेको १ लाई गुगल भनिन्छ। तर गुगल ब‌्राण्डले यति ख्याति पाएको छ कि स्वीडेनका एक दम्पतीले आफ्नो छोराको नामै गुगल राखिदिएछन्। गुगलपुत्रको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्।

September 22, 2005

नेपालन्युजको चलाखी

२०६२ असोज ६, बिहीबार
राजनीतिका कुरा लेख्दालेख्दा दिक्क भइयो। त्यसैले आज अलि फरक विषयमा लेख्ने जाँगर चलेको छ। कुरा नेपालन्युजको। इन्टरनेट चलाउन जान्ने नेपालीले नेपालन्युजमा लगइन गरेकै हुन्छ। अझ विदेशमा बस्ने नेपालीहरुले त दिनमा नै कयौं पटक लगइन गर्ने गर्छन्। त्यसो भए पनि अधिकांशलाई नेपालन्युजले गरिरहेको यो रमाइलो चलाखीका बारेमा ज्ञान छैन होला। (more…)

September 13, 2005

बिल गेट्सले पैसा बाँड्ने !

२०६२ भदौ २८, मंगलबार
तपाईँहरुमध्ये धेरैको ईमेलमा यस्तो व्यहोराको इमेल आइसकेको छ होला, कतिको आउँदै होला। यसमा माइक्रोसफ्टका मालिक बिल गेट्सले नयाँ प्रोग्रामको विकास गर्दै रहेको र यो इमेललाई फरवार्ड गरेमा फलानो परिमाणको डलर तपाईँलाई दिइनेछ भनी लेखिएको हुन्छ। यस्तो हाँसउठ्दो इमेललाई पनि धेरैले विश्वास गरी आफ्ना साथीभाइ र चिनेजानेका अनि गोरु बेचेको साइनो नभएकाहरुलाई पनि फरवार्ड गर्ने गरिरहेको देख्दा मलाई निकै हाँसो उठ्ने गरेको छ। केही पत्रकार र प्रतिष्ठित व्यक्तिहरुबाट समेत यस्ता मेल मलाई फरवार्ड भएर आएको देख्दा म तीनछक्क परेको छु। जति बढीलाई फरवार्ड गर्‍यो त्यति बढी डलर आउने भएको हुँदा उनीहरु बढी मान्छेलाई फरवार्ड गर्न लालायित भएका होलान्। तर उनीहरुले कति जनाले कति मान्छेलाई इमेल फरवार्ड गर्‍यो भनी थाहा पाउने कुनै सफ्टवेयर अहिलेसम्म बनेको छैन भन्ने तथ्यलाई बेवास्ता गरिरहेका हुन्छन्। बनेको नै भए पनि बिल गेट्सले आफ्नो मेहनतले कमाएको पैसा त्यति सजिलै तपाईँलाई दान देलान् त ? तर पनि मानिसहरु के बिग्रन्छ र यति मेल फरवार्ड गर्दैमा, आफ्नो केही जाने हैन क्यारे, आए आँप गए झटारो भन्दै मेल फरवार्ड गरी समय बर्बाद पारिरहेका छन्। कतिले त अझ मैले चेक पाइसकेँ भनी गफ हाँक्छन्। मेरो अनुरोध, रोक्नुस् त्यसलाई। यसबारेमा विस्तृत जानकारी तपाईँ यो साइटमा गएर पनि थाहा पाउन सक्नुहुन्छ।

August 24, 2005

अब गुगलबाट च्याट गर्ने हैन त ?

२०६२ भदौ ८ बुधबार

हिजै एकजना “टेक क्रेजी” मित्रले मेल गरेको थियो, भोलिबाट गुगलले च्याट सफ्टवेयर पनि लञ्च गर्ने संभावना छ भनेर। तर हिजो सार्‍है अल्छी र निद्रा पनि लागिसकेको हुनाले ब्लगमा हालिनँ। आज बिहान अफिसमा आएर हेर्दा त हो रहेछ सारा टेक न्युजहरु गुगलको यही च्याट सफ्टवेयरको बारेमा भरिएको रहेछ। लौ न त, अब हामी पनि गुगलबाट च्याट गर्न थाल्ने हैन ?
यसका लागि तपाईँले आफ्नो कम्प्युटरमा गुगल टक इन्स्टल गर्नुपर्ने हुन्छ। तपाईँ यसलाई यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ। यसको आकार पनि सार्‍है हलुका छ 900 kb मात्र। तर विन्डोज एक्सपी र 2000 मा मात्र यो प्रयोग हुन्छ। अनि यसमा भ्वाइस च्याट पनि हुने रहेछ। रिभ्युहरुमा भ्वाइस च्याटको गुणस्तर राम्रो भएको उल्लेख गरिएको छ। बाँकी (more…)

August 14, 2005

माइक्रोसफ्टद्वारा नेपाली अपडेट रिलिज

फायरफक्स पनि नेपालीमा
माइक्रोसफ्टले आफ्नो विन्डोज एक्सपी सर्भिस प्याक 2 को नेपाली अपडेट रिलिज गरेको छ। यो अपडेट इन्सटल गर्नका लागि तपाईँको कम्प्युटरमा एक्सपी सर्भिस प्याक 2 इन्सटल भएको हुनुपर्छ। यो अपडेट इन्सटल गरिसकेपछि (more…)

August 7, 2005

असफलताको अर्को नाम

२०६२ साउन २३ आइतबार
धेरै भयो खाली राजनीतिक कुरामा मात्रै ब्लग गर्न थालेको। उद्‍घाटन ब्लगमा नै मैले भनेको थिएँ, म राजनीतिक विषयमा मात्र ब्लग गर्दिनँ। तर देशै राजनीतिले खाएको हुनाले यसैमा बढी ब्लग गर्न पुगेँ। अब म केही दिन अरु विषयमा पनि ब्लग गर्ने प्रयास गर्नेछु। आज एउटा एकदमै हल्का विषय छान्दैछु, असफलताको अर्को नाम। असफलता अर्थात् failure आज इन्टरनेट डुल्ने क्रममा एउटा अनौठो संयोगको बारेमा पत्ता लाग्यो। तपाईँ पनि हेर्नसक्नुहुन्छ त्यसलाई। तपाईँले अरु केही गर्नुपर्दैन, गुगलमा जानुस् र failure टाइप गरेर सर्च गर्नुस्। सर्च रिजल्टको नम्बर वनमा अर्थात् सबैभन्दा माथिको लिंक हेर्नुस् त……..कस्तो अचम्म!

June 13, 2005

माइकल ज्याक्सनद्वारा आत्महत्याको प्रयास !

२०६२ जेठ ३०, सोमबार
शीर्षकले तपाईँलाई आकर्षित गरेको हो भने सावधान। तपाईँको इमेलमा पनि यस्तै शीर्षक र व्यहोरा भएको इमेल आउन सक्छ। त्यो इमेलले थापेको पासोमा पर्नुभयो भने तपाईँको कम्प्युटरमा भाइरसले मोज गर्न थाल्छ। बाँकी (more…)

June 7, 2005

तपाईँ पहिलेको जन्ममा के हुनुहुन्थ्यो ?

२०६२ जेठ २४ मंगलबार
तपाईँ पहिलेको जन्ममा के हुनुहुन्थ्यो ? कहाँ जन्मनु भएको थियो ? तपाईँलाई थाहा छ ? आज एउटा साइट भेटेँ जहाँ यी प्रश्नका उत्तर भेटिए । म पहिलेको जन्ममा लेखक, नाटककार वा छ्या भन्नै लाज लाग्छ अन्तिम संस्कार कार्यको व्यवस्था मिलाउने मान्छे रहेछु । मेरो जन्म ९०० सालमा हालको इजिप्ट देश छेउछाउ भएको रे । म क्रुर चरित्रको थिएँ रे ।
तपाईँलाई पनि आफ्नो पुरानो जन्मका बारेमा थाहा पाउन मन छ भने यहाँ क्लिक गर्नुस् । त्यहाँ तपाईँको जन्ममिति इस्वी संवत‍मा राख्नुस् र हेर्नुस् आफ्नो पुरानो जन्मका कुरा । तपाईँलाई विक्रम संवतमा मात्र जन्ममिति थाहा छ भने यो साइटमा गई इस्वी संवतमा परिवर्तन गर्नसक्नुहुन्छ । आफ्नो पूर्वजन्मका बारेमा मलाई पनि बताउनुस् है त ।

April 17, 2005

यसरी बच्नुस् सरकारी सेन्सरबाट

२०६१ वैशाख ४, आइतबार

आजभोलि सरकारले कतिपय इन्टरनेट साइटलाई खोल्न नमिल्ने गरेर सेन्सर गरिरहेको छ । तर यो सेन्सरलाई बाइपास गरेर आफूले चाहेका साइट हेर्न त्यति गाह्रो भने छैन । आज म तपाइँलाई एउटा उपाय सिकाउँदैछु ।

सरकारद्वारा आतंकवादी घोषित माअ‍ोवादीहरुको आधिकारिक साइट त पहिलेदेखि बन्द नै थियो, भदौ १६ को इराक कान्डपछि नेपालीहरुको विभत्स हत्याको भिडियो राखिएको साइट पनि बन्द गराइयो । माघ १९ को शाही कदमपछि भने अमेरिकाबाट सञ्चालन भइरहेको नेपालीपोस्ट, जापानबाट सञ्चालन भइरहेको नेपालजापान अनि विभिन्न समाचारहरुको संकलन गर्ने न्युजलुक डाइजेस्ट जस्ता वेबसाइटहरु पनि बन्द गराइयो । विदेशमा जस्तो नेपालमा हाइ टेक सर्भिलेन्स वा निगरानी प्रणाली छैन । नेपालका आइएसपीहरुको मुख्य सर्भरमा एउटा कोड हाल्न लगाएर निश्चित वेबसाइटहरु ग्राहकहरुले चलाउन नमिल्ने बनाइएको मात्र हो । यी सर्भरको आँखा छल्ने हो भने तपाइँ सजिलै रोकिएका वेबसाइटहरु हेर्न सक्नुहुन्छ । यसका लागि विभिन्न उपायहरु छन् । तीमध्ये एउटा उपाय आज म यहाँ प्रस्तुत गर्न लागिरहेको छु । बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.