January 31, 2006

सुधारिएको “पञ्च”तन्त्रको कथाः मुसा दुलाबाहिर निस्के

२०६२ माघ १७, सोमबार

सूचनाः माथिको फोटो र भित्रको भिडियोमा तपाईँले मुसा नदेखी दुई खुट्टे पशु देख्नुभएको भए आँखाको उपचार गराउन लोकतन्त्रप्रेमी डाक्टरकहाँ सम्पर्क गर्न सूचित गरिन्छ।

एकादेशको मान्छे भनुँ भने मान्छे हैन, देउता हैन भने देउता हैन खालको प्राणीले थापेको चुनावी पासोलाई सफल बनाउन मुसाहरु दुला बाहिर निस्केको पहिलो पटक आज देख्न पाइयो। ‘बिरालो’ले “खाइदिन्छु है” भनी धम्क्याएका कारण मुसाहरुको लहरे जुलुस अगाडि-पछाडि ‘ब्वाँसा’हरुको सुरक्षा पनि देखिन्थ्यो। यस्तो जुलुस निकाल्नका लागि मुसाका नेताले राज्यको भकारीमा दुलो पारी कति अन्न निकाले होलान् हगि ? (more…)

October 7, 2005

समाचारभित्र लुकेका समाचार

२०६२ असोज २१ शुक्रबार

आज सरकारी समाचार एजेन्सी राससका केही समाचार देख्दा जनताले यस्तो महसूस गरे-

समाचारः श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह पश्चिमान्चल विकास क्षेत्रको वस्तुस्थिति बुझिबक्सने सिलसिलामा बिहीबार पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्रबाट बुटवल बसपार्क अगाडि रहेको लुम्बिनी अन्चल प्रशासन कार्यालयसम्म करिब ६ घण्टा पैदल सवारी होइबक्स्यो।

विचारः ए…ठीकै हो नि, हाम्रा राजारानी स्लिम भएर ह्यान्डसम देखिनु राम्रै हो नि। यसले मुलुककै इज्जत बढ्ने छ।

समाचारःश्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट जनसेवालाई नै मूलमन्त्र बनाएर कार्य गर्न जिल्ला विकास समितका सभापति र उपसभापतिहरूलाई निर्देशन बक्स भएको छ।

विचारः आम्मामा….हन यी मनोनीत सभापति उपसभापतिहरुले यतिञ्जेलसम्म कसको सेवालाई मूलमन्त्र ठानिबसेका रहेछन् हँ ? छानबिन आयोग गठन गर्नु परेन र भन्या। बाँकी (more…)

September 4, 2005

हरायो (विज्ञापन)

उपरोक्त सम्बन्धमा माअ‍ोवादीले गरेको एकपक्षीय युध्दविरामको समाचार सरकारी सञ्चारमाध्यम गोर्खापत्रमा कहीँ कतै नदेखिएको हुँदा खोजेर फेला पार्नुहुनेलाई उचित पुरस्कार दिइनेछ। खोजीका लागि नजिकैको पसलमा गोर्खापत्र हेर्न र उसको यो वेबसाइटमा जान सल्लाह दिइन्छ। - शान्ति खोज्ने जनता

Issued in public interest by Mero Sansar in association with Surf, “Dhoondte Raha Jaooge…….!”

July 21, 2005

पेट दुख्ने गरी हाँसियो

२०६२ साउन ५, बुधबार
आज मेरो इमेलमा आइपुगेको एउटा जोक पढेर निकै हाँसो लाग्यो। जोक पढेर यस्तोसित हाँसो उठेको पछिल्लो पटक कहिले हो, मैले भुलिसकेको छु। दोहोर्‍याइ तेहर्‍याइ जति पटक पढ्दा पनि अझै हाँसो उठ्छ मलाई। जोक पढ्न भित्र आउनु होला। बाँकी (more…)

July 9, 2005

नयाँ उपहारः मोटरसाइकलमा प्रतिबन्ध

२०६२ असार २५ आइतबार
mobike एक हप्तासम्म टेलिफोन र इन्टरनेट बन्द, मोबाइल अझैसम्म अधिकांशका बन्द नै र अब सरकार भन्छ मोटरसाइकलमा पछाडि मान्छे राखेर चलाउन पाइन्न। आफ्नो त मोटरसाइकल नै छैन, सँधै टेम्पो, नेपाल यातायात वा त्यो पनि नभए ११ नम्बर अर्थात् पैदल यात्रा। त्यसैले कल्पनानगरमा गएर सरकारको यो नयाँ प्रतिबन्धका बारेमा कसको के विचार छ भनी जान्ने निर्णय गरेँ। शनिबार विदाको दिन अरु काम नपाएर दिउँसो सुतेको थिएँ। त्यही बेला यी अन्तर्वार्ताकारहरु आफै आएर मलाई आफ्नो विचार पोख्न थाले। सुन्ने हैन त उनीहरुको विचार, आउनुस् भित्र। बाँकी (more…)

July 3, 2005

तस्वीर आफै बोल्छ

Joke
माघ १९ पछि देश कति अगाडि बढेछ त ?

June 25, 2005

तस्वीर आफै बोल्छ

प्रचण्डको हटमेल ह्‍याक गरेर हेर्दा……………….
Hotmail

ठूलो पारेर हेर्नका लागि यहाँ क्लिक गर्नुहोला।

June 18, 2005

गिरीको ऋणमोचनका लागि सहयोग आह्वान

Help Giri
हाम्रा मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरी एक करोड ७४ लाख ऋण तिर्न नसकेर कालो सूचि नं १६८० मा पर्नुभएको छ। उहाँको ऋणमोचनका लागि देशभर सुकामोहोर अभियान थालिएको छ। भिखारी समेतले २ रुपैयाँको अमूल्य सहयोग गरेका छन् उहाँका लागि। उहाँको ऋणमोचनका लागि सहयोग गर्न मैले पनि इन्टरनेटबाट चन्दा उठाउने अभियान सुरु गरेको हुँ। तपाईँ आफूलाई मनलागे जति सहयोग डा. गिरीका लागि गर्नसक्नुहुन्छ। इन्टरनेटबाटै सहयोग गर्नका लागि तलको लिंकमा क्लिक गर्न अनुरोध छ। आउनुस्, उपाध्यक्ष गिरीलाई बेइज्जत हुनबाट जोगाअ‍ौं। दान दिनुहोस्…….

























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.